Comments Add Comment

बिरामीका लागि निःशुल्क यातायात सेवा

१३ माघ, लम्बिनी । सिद्धार्थनगर सिटी हस्पिटल प्रालि भैरहवाले बिरामीको सुविधालाई ध्यानमा राखेर निःशुल्क यातायात सेवा सुरु गरेको छ ।

हस्पिटलले पहिलोपटक कपिलवस्तु सदरमुकाम तौलिहवादेखि भैरहवासम्मका लागि बिरामीलाई ल्याउने र लैजाने सुविधा प्रदान गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

यातायातको अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क यातायात सेवा सुरु गरिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । सेवाको एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरिएको छ ।

हस्पिटलले पहिलो चरण हप्ताको मङ्गलबार र बिहीबार मात्रै सेवा प्रारम्भ गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment