Comments Add Comment

कोरियामा नेपाली विद्यार्थीहरूको अवस्था नाजुक 

मीनप्रकाश उप्रेती 

सउल । अध्यननका लागि कोरिया आएका नेपाली विद्यार्थीहरुको अवस्था नाजुक देखिएको छ । विभिन्न कन्सल्टेन्सी मार्फत अध्ययन भिसामा कोरिया आएका नेपाली विद्यार्थीहरुको यस्तो अवस्था देखिएको हो ।

 कोरिया प्रवेशका लागि कन्सल्टेन्सीलाई भारी रकम बुझाउनु पर्ने, भिसा नविकरण गर्न  १२ हजार डलर तिर्नुपर्ने  र काम नपाईने भएको हुदा नेपाली विद्यार्थीहरुको अवस्था जटिल बन्दै गएको हो । अधिकांश विद्यार्थीले अध्ययन भिसामा कोरिया प्रवेश गरी पढाई भन्दा काम गर्ने नियत बनाएकोले पीडा भोग्दै आएका हुन ।

दाङ्गका भोजराज कार्की चार लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएर अध्ययनका लागि कोरिया आएका थिए । उनलाई साताको तीन दिनको क्लास लिने र अन्य दिन रेष्टुरेण्टमा काम गर्ने कन्सल्टेन्सीले करार गराएको थियो । तर कार्कीले अहिले नत छुट्टि नै पाए न त काम नै  ।

‘घर परिवारमा स्कलरसिप पाए भनेर भनेको छु । पैसा यहाँबाट पठाउनु पर्ने, माग्ने कुरै आएन  अहिले भिसा नविकरण गर्न  १२ हजार डलर तिर्नुपर्ने कहाँबाट जुटाउने हो सोच्नै सकेको छैन” कार्कीले गुनासो पोखे ।

भोजपुरकी एक महिला  विद्यार्थीले आफू कन्सल्टेन्सी मार्फत अध्ययन भिसामा कोरिया आउनु गल्ती गरेको बताईन् । काम गरेको रमकबाट कोरियामा पढाई गर्न कठिन भएको उनको भनाई थियो ।

नेपाली विद्यार्थी समाज  (SONSIK) कोरियाका अध्यक्ष बिमल सुबेदीले कन्सल्टेन्सीमार्फत अध्ययन भिसामा कोरिया आएका नेपाली विद्यार्थीहरुको अवस्था दयनीय भएको बताए । कोरियामा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु प्रोफेसर अथवा कोरियाको सम्बन्धित निकायमा सिधै सम्पर्क नगरी कन्सल्टेन्सी मार्फत आउदा दुख झेल्नु परेको सुबेदीले बताए ।

नेपाली विद्यार्थीहरुले कोरियामा आर्थिक सङ्कटले सरल तरिकाले अध्यान गर्न नसकेको सुबेदीको भनाई छ । अध्ययनका लागि कोरिया आउदा प्रोफेसर अथवा कोरियाको समन्धित निकायमा सिधै सम्पर्क नगरी नआउन पनि सुवेदीले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment