Comments Add Comment

अरुण फाइनान्स समस्याग्रस्त, ८० प्रतिशत खराब कर्जा

NRB-Photo
१३ माघ काठमाडौं । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको अरुण फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ । स्थलगत निरिक्षणमा भएको राष्ट्र बैंकको टोलीले दिएको प्रतिवेदनका आधारमा समस्याग्रस्त घोषणा गरिएको हो ।

२०७० पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा बैंकको पुँजी कोष १९.१० प्रतिशतले ऋणात्मक रहेको र कूल कर्जाको ८०.०६ प्रतिशत खराब कर्जा रहेको भेटिएको थियो ।

त्यसैगरी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ नपुर्‍याएकोलगायतका गंभिर प्रकृतिका कैफीयत देखिएपछि राष्ट्र बैंकले समस्याग्रस्त किन घोषणा नगर्ने भन्दै प्रष्टिकरण पेश गर्न निर्देशन दिएको थियो । उक्त संस्थाबाट आएको प्रष्टिकरणमा फाइनान्सलाई सुधार गर्ने कुनै ठोस योजना तथा रणनीति पेस नगरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, २०७१ असोज मसान्तनको वित्तीय विवरणमा पनि पुँजीकोष ऋणत्मक नै रहेको र निस्कृय कर्जाको अनुपात उच्च रहेकाले संस्थाले पेस गरेको प्रष्टिकरणबाट सुधार हुन सक्ने नदेखिएकाले समस्याग्रस्त घोषणा गरिएको हो ।

राष्ट्र बैंकले ६ महिनाभित्र संस्थालाई सुधार गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष अनुपात कायम गर्न, निक्षेप संकलन नगर्न तथा परिपक्व भएका निक्षेपहरु नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्न एवम कर्जा नवीकरण नगर्न, भखा तथा म्याद पुगेका एवम फिर्ता भुक्तानी गर्नु पर्ने निक्षेप फिर्ता गर्न निर्देश्न दिएको छ ।

तर, २ लाखभन्दा बढी निक्षेप वा दायित्व रकम भुक्तानी गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ । त्यसैगरी, नयाँ शाखा नखोल्न, राष्ट्र बैंकको स्वीकृतिबिना स्थिर सम्पत्ति खरिद तथा विक्री नगर्न, संचालकको भत्ता तथा सुविधा एवम कर्मचारीहरुको तलव भत्ता तथा अन्य आर्थिक सुविधा वृद्धि नगर्न, यस बैंकको स्वीकृति बिना नयाँ कर्मचारी भर्ना नगर्न तथा साविक कर्मचारी बढुवा नगर्न, खराब कर्जाको अनुपात ५ प्रतिशत भन्दा कम गर्न, लाभांश घोषणा वा वितरण नगर्न, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनको समुचित व्यवस्था मिलाउन निर्देश्न दिएको छ ।

संस्था, निक्षेपकर्ता, सर्वसाधार लगानीकर्ता एवं सम्पूर्ण सरोकारवालाहरुको हिते हित संरक्षणका लागि उक्त संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०६४ को विनियम ३ अनुसार समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन

Arun-finance

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment