Comments Add Comment

झापाका पहिलो कम्युनिस्ट नेताको निधन

१३ माघ, भद्रपुर । नेपाल कम्युनिस्ट पार्टीका एमाले झापाका पहिलो सदस्य रुद्र चापागाईंको ८८ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । तोपगाछी-७ केरखास्थित निवासमा उनको निधन भएको हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा २००६ सालदेखि लागेका चापागाईं पछिल्लो समय मुटु र दमको समस्याले पीडित थिए ।

नेपाल कम्युनिस्ट पार्टीको २००८ सालमा सदस्यता लिएका चापागाईं रैतीमुक्ति आन्दोलनको बेला जेल परेका थिए । चापागाईं २०२७ सालको झोडा आन्दोलन र २०२८ सालको झापा किसान आन्दोलनमा पनि सक्रिय थिए ।

झापाका पहिलो सदस्यता प्राप्त गर्ने कम्युनिस्ट योद्धा चापागाईंलाई मंगलबार कन्काई नदी किनारमा अन्त्येष्टि गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment