Comments Add Comment

कलर्सले नेपालमा विन्डोज फोन बिक्री गर्ने, माघ १४ देखि बुकिङ सुरु

Colors Microsoft Mobile pro

कलर्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता टेलिटक प्रालिले क्यान इन्फोटेकमा विन्डोज फोन बिक्री वितरण गर्ने भएको छ । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु हुँदैछ ।

कलर्सले माइक्रोसफ्टसँग सहकार्य गरेर विन्डोज फोन बजारमा भित्राउन लागेको हो । विन्डोज फोनको अगि्रम बुकिङ माघ १४ गतेदेखि सुरु गर्ने कम्पनीले जानकारी दिएको छ । क्यान इन्फोटकमा कलर्स मोबाइलको स्टलमा विन्डोज फोन बुकिङ गर्न सकिने छ ।

अहिले माइक्रोसफ्टका प्रतिनिधिहरु नेपालमा रहेका छन् । सोमबार कलर्सले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि माइक्रोसफ्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपालका एप्स डेभलपर, विद्यार्थी, कलाकार तथा आइटीसँग चासो राख्नेहरुसँग बिभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताइएको छ ।

साथै, माइक्रोसफ्टका वरिष्ठ कर्मचारीहरुले सेल्स पर्सनल एवं खुद्रा बिक्रेताहरुका लागि सीप विकास तालिम पनि संचालन गर्ने भएका छन् । कलर्सले अपि्रलमा एप्स सम्बन्धी एक गोष्ठी आयोजना गर्न लागेको र सो गोष्ठीमा सहभागी बन्नका लागि फेसबुकमार्फत् आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

नेपालमा टेलिटेकले सन् २००९ देखि कलर्स मोबाइल उपलब्ध गराउन थालेकोे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment