Comments Add Comment

नेपालको संविधानको भविष्य दिल्लीमा : बिजुक्छे

१३ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलका नेताको कमजोरीका कारण संविधान निर्माणमा विदेशीको हस्तक्षेप बढेको बताएका छन् ।

Narayanman-Bijukchhe

भक्तपुरको रफत सञ्चार क्लवमा मंगलबार आयोजित साक्षात्कारमा बिजुक्छेले नेपालमा संविधान बनाउने की नबनाउने निर्णय दिल्लीमा हुने दाबी गरे । भारतले नेपालमा राम्रो संविधान बन्न नदिई आफ्नो अनुकुलमा बनाउन चाहेकोले नेपाली जनताको चाहानाअनुसार संविधान नबन्ने उनले दाबी गरे ।

‘भारतले नेपाललाई कमजोर बनाएर आफ्नो पक्षमा सरकार बनाउने काम गर्दै आइरहेको छ,’ साक्षात्कारमा विजुक्छेले भने, ‘अहिले संविधान निर्माण पनि आफ्नो अनुकुल बनाउन खोज्दैछ ।’

एमाले अध्यक्ष केपी ओलीसँग भारतीय राजदूतले भेटेर समयसिमा सार्न दिएको निर्देशनले विदेशी हस्तक्षेप बढ्दै भएको पुष्टि हुने उनको दावी छ । भारतले एकपछि अर्को गर्दै देशको हरेक क्षेत्रमा हस्तक्षेप गर्दै गएको बताउँदै बिजुक्छेले विदेशी हस्तक्षेप नरोकेसम्म साँचो अर्थमा मुलुक सार्वभौम हुन नसक्ने बताए ।

‘भारतीय राजदूतावासमा नेपाली नेताहरु लाम लाग्नुले नेपालका नेताहरु विदेशीको दलाली बन्दै गएको नमूना प्रष्ट हुन्छ,’ विजुक्छेले भने ।

एमाओवादी र मधेसवादी दलहरु भागबन्डाको लागि मात्र झगडा गरिरहेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment