Comments Add Comment

रामकृष्ण ढकालको ‘रक एण्ड रोल’ गीतमा ऋचा शर्मा

richaकर्णप्रिय स्वरका धनी गायक हुन रामकृष्ण ढकाल । उनले गाएका प्राय गीत सुमधुर शैलीका हुने भएकाले पनि अलग्गै स्थान बनाएका छन् नेपाली संगीत क्षेत्रमा ।

बिहान उठ्ने बित्तिकै …देखि पहाडको छुकुछुके रेल..लगायतका गीत सुन्दा पनि त्यो आभाष पाउन सकिन्छ । उनका गीत एउटै खालका हुन्छन् भन्ने स्रोता पनि नभएका होइनन् ।

तर, पछिल्लो पटक गायक रामकृष्ण ढकालले फरक शैलीका गीत गाउन थालेका छन् ।
कि मलाई बचन देउ
कि त बाटो फुकाईदेउ
अल्झाएर राख्छौ किन …

बोलको गीत उनका आम गीत भन्दा फरक शैलीका छन् । दुई दिन अघि मात्रै युटुबमा राखिएको उक्त गीत हेर्नेहरु बढी रहेका छन् ।

‘यसमा मैले रेगुलर भन्दा अलि फरक शैलिमा गाएको छु । यसलाई रक एण्ड रोल टाइपको भन्दा पनि फरक पर्दैन ।’ अनलाइनखबरसँग कुरा गर्दै ढकालले भने ‘योङहरुलाइ मन परोस् भनेर रक एण्ड रोल शैलीमा गाएँ ।’

यो गीत उनको दुई वर्ष अघि बजारमा आएको एल्बम ‘मेरो साथी’ मा संग्रहीत छ । जुन एल्बम उनले आफ्नी छोरी रानी ढकाललाई डेडीकेट गरेर गाएका थिए र विमोचन पनि रानीकै हातवाटै गरिएको थियो ।

संगीत रोयल्टी समाजमा आबद्ध ढकाल त्यसपछिको केही समय रोयल्टीकै काममा केन्द्रित रहे । एल्बमको प्रमोशन हुनै पाएन । ढकाल भन्छन ‘साथीभाइहरुले फेरी एकपटक एल्बम प्रमोशनको कुरा गरेपछि भिडियो बनायौं ।’

प्रशन्न पौडेलको निर्देशनमा बनेको भिडियोमा अष्ट्रेलिया निवासी नेपाली रेम्बो अधिकारी र नायिका ऋचा शर्माले अभिनय गरेका छन् । भिडियोलाई रोचक बनाउन निर्मल शर्मा ‘गैंडा’ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment