Comments Add Comment

विवादको फैसला जनमत संग्रहबाट : गुरुङ

१३ माघ, काठमाडौं । राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङ्गले संविधान निर्माणको क्रममा देखिएको विवादित विषयको फैसला जनताको प्रत्यक्ष अभिमत जनमत संग्रहको माध्यमबाट गरिनुपर्ने बताएका छन् ।

पार्टीको राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मंचको केन्द्रीय तदर्थ समिति घोषणा कार्यक्रममा महामन्त्री गुरुङले सहमतिको वातावरण पनि नबन्ने र विधि र प्रकृयामा पनि अवरोध श्रृजना गर्ने अवस्थाले संकट निम्तिएकोले अबको निकास जनमत संग्रह मात्र भएको धारणा राखे । जनमत संग्रहबाट गरिएको निर्णय मात्र सबैलाई मान्य हुने उनले दाबी गरे ।

राप्रपा नेपालले सभासद सयन्द्रा वान्तवाको संयोजकत्वमा सांस्कृतिक मंच तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजकमा अधिराज दाहाल, कोषाध्यक्ष राज सागर, सचिवमा सिताराम खतिवडा छन् । यसैगरी सदस्यहरुमा तायाहाङमा राई, सुयोग देवान, विशाल लिम्बु, दिप घतानी, यज्ञ गिरी, शिशिर राई,  रत्न मगर छन् ।

कार्यक्रममा संयोजित संगठन समन्वय विभागका प्रमुख मुकुन्दश्याम गिरी तथा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय राजाराम श्रेष्ठ र भक्ति सिटौलाले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment