Comments Add Comment

इनोभेटिभ बास्केटबल अर्को साता

१३ माघ, काठमाडौं । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा चौथो इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगता माघ २३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज र सिनियर गल्र्समा जम्मा २४ टिमको सहभागिता रहने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जनाएका छन् । सियिनर ब्वाइज र गल्र्समा समान १२-१२ टिमले भाग लिने छन् ।

सिनियर ब्वाइजमा किस्क र सिनियर गल्र्समा ग्यालेक्सी पब्लिक स्कुल साविक विजेता हुन् । तेश्रो संस्करणसम्म जुनियर ब्वाइजमा पनि प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने उक्त विधा समावेश गरिएको छैन । जुनियर ब्वाइजमा आयोजक इनोभेटिभ नै डिफेन्डिङ च्याम्पियन हो ।

पाँचदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने प्रबन्ध निर्देशक कुँवरले बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment