Comments Add Comment

बेल्जियममा चलचित्रको अवार्ड हुँदै, २ प्राविधिकलाई नगद सहयोग

kalakar-manch
‘अन्तरराष्ट्रिय कलाकार मञ्च यूरोप’को प्रस्तुतीमा ‘नेपाल बेल्जियम फ्रेन्डसिप एसोसियसन र अन्तरराष्ट्रिय कलाकार मञ्च -नेपाल)’को संयुक्त आयोजनामा ‘अन्तरराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’को आयोजना हुने भएको छ ।

२६ सेप्टेम्बर २०१५ का दिन पहिलो ‘आइएएफ अवार्ड’को आयोजना गर्न लागिएको हो । जसका लागि विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ । जसका लागि करिब २५ जनाको टोली अवार्डका लागि नेपालबाट बेल्जियम जाने आज आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अवार्डका लागि नेपालबाट गएका कलाकार ५ दिन यूरोपमा रहनेछन् । अवार्डका लागि उत्कृष्ट गायक सम्मान, गायिका सम्मान, नेपाली संगीत विशेष योगदान(अन्तरराष्ट्रिय) सम्मान, नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाल सेवा सम्मान, उत्कृष्ट नृत्य निर्देशक सम्मान, खलनायक सम्मान, हाँस्य कलाकार सम्मान, गीतकार सम्मान, संगीतकार सम्मान, चलचित्र सम्मान, निर्देशक सम्मान, नायक सम्मान, नायिका सम्मानका विधा छन् । अवार्ड प्राप्त गर्ने चलचित्रकर्मीलाई १ बर्षसम्म यूरोपका विभिन्न देशमा प्रमोशन पनि गरिनेछ ।

यो अवार्डमा सहभागी हुनका लागि वि.सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र ३१ गतेसम्म प्रदर्शनमा आएका चलचित्रले आजका मितिबाट दर्ता गर्ने सक्ने जनाइएको छ । अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल)ले आयोजना गरेको पत्रकार सम्मेलनमा दुई जना प्राविधिकलाई २६-२६ हजार नगद सहयोग पनि गरियो ।

सहयोग प्राप्त गर्ने प्राविधिकहरुमा सन्तु गुरुङ र महानन्द चौधरी छन् । चलचित्र क्षेत्रमा लागेर असक्त भएका चलचित्रकर्मीलाई सहयोग गर्ने मञ्चको भनाई छ ।

यसका लागि नगद १ करोडको अक्षय कोषको तयारी पनि थालिएको छ । अक्षय कोष व्यवस्थापनका लागि नेपाली कला, संगीत, साहित्य र चलचित्रसँग सम्बन्धित सक्रिय सामाजिक संस्थाहरुले तोकेका विशिष्ट व्यक्तिहरुको संचालक समितीले व्यवस्थापन तथा सहयोग गर्नुपर्ने व्यक्ति र क्षेत्र चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment