Comments Add Comment

विपक्षीसँग वार्ता सुरु भइसक्यो, अब वान टु वान कुरा हुन्छः बडू

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले विपक्षी मोर्चासँग प्रधानमन्त्रीको वार्ता सुरु भइसकेको दाबी गरेका छन् ।

dilendra-baduप्रधानमन्त्री सुशील कोइरालाले भोलिबाटै द्धिपक्षीय, त्रिपक्षीय र वान टु वान हुने उनले बताए । उनले भने-‘प्रधानमन्त्रीले वार्ताको प्रारम्भ गरिसक्नुभएको छ, हिजोबाटै टेलिफोनमा शीर्ष नेताहरुसँग सम्वाद गरिसक्नुभएको छ ।’

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता बडूले एमाओवादीले संविधानसभाबाट संविधान बनाउन चाहेको भए आन्दोलन छाडेर वार्तामा आउनुपर्ने बताए ।

प्रक्रियाबाट अब पछि हट्ने अवस्था नरहेकोले विपक्षीसँग सम्वाद र प्रक्रियालाई सँगसँगै लिएर संविधान जारी गर्ने विश्वास व्यक्त गरे । उनले भने-‘प्रश्नावली समिति गठन भइसकेकोछ, प्रक्रियाप्रारम्भ गर्दा सहमतिपनि सँगसँगै लिएर जानुपर्छ ।’

एमाले सचिव प्रदिप ज्ञावलीले प्रचण्डले दिनदिन कुरा फेर्ने थरेको भन्दै फाइनल कुरा गर्न सक्ने हैसियत राख्न सुझाव दिए । उनले भने-प्रचण्डजी देशको सम्पदा हो । कसैले पनि उहाँको राजनीतिक अवसान हेर्न चाहँदैन । त्यसैले उहाँले फाइनल कुरा गर्न सक्ने हैसियत राख्नुपर्छ ।’

संविधानसभा अध्यक्षले माघ ११ गते चालेको कदम पहिलो भएको र अरु धेरै स्टेपहरु बाँकी रहेको भन्दै उनले मुलुकलाई जवरजस्ती द्वन्द्वमा लैजाने प्रयास भएको भन्न नमिल्ने बताए ।

प्रक्रियाको तरवार तेर्साएर वार्ता भन्नु हास्यास्पदः रायमाझी

कार्यक्रममा एमाओवादी संसदीय दलको उपनेता टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुले प्रक्रियाको तरवार आफूहरुको घाँटीमा राखेर वार्ताको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

उनले सत्तारुढ दलहरुले मोर्चाबन्दी गरेर नौंबुँदे साझा प्रस्ताव ल्याएपछि आफूहरु मोर्चाबन्दी गर्न बाध्य भएको बताए । दलहरु संविधानका अन्तरवस्तुमा अधिकतम निकट रहेको बेला विधी र नियमावली नमानेर प्रस्ताव समिति गठन गरिएको भन्दै उनले सभाध्यक्षले कलंकको टिको लगाएको बताए ।

सदभावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले सत्तारुढ दलहरुले ल्याएको नौंबुँदे प्रस्ताव २०४७ सालको संविधानको सेरोफेरोमा रहेर ल्याएकोले बाध्यताबस आफुहरुले मोर्चाबन्दी गर्नु परेको बताए । उनले भने-हामी संविधानसभामा अन्तिम समयसम्म लड्छौ तर, आत्मसमर्पण गर्दैनौ । माघ ११ गतेको कदम फिर्ता नभएसम्म वार्तामा पनि बस्दैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment