Comments Add Comment

स्वास्थ्य परीक्षणका लागि ओली शिक्षण अस्पतालमा

१३ माघ, काठमाडौं । चिकित्सकहरुको सुझाव र चेतावनीलाई वेवास्ता गर्दै पछिल्लो समय अत्यधीक क्रियाशील भएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलवार कुनै भेला, बैठक र छलफलमा देखिएनन् ।

फाइल फोटो
फाइल फोटो

आफैंले आयोजना गरेको पार्टीका जनसंगठनका पदाधिकारीहरुको भेलामा समेत उपस्थित नभएपछि ओली बिरामी परेको हल्ला बल्खुमा चल्यो । त्यतिबेला ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा थिए ।

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षण र फङ्गस पीडित हातको ड्रेसिङका लागि अस्पताल गएको उनको निजी सचिवालयले जनाएको छ ।

राजनीतिक गतिविधिमा धेरै व्यस्त भएका कारण नियमित औषधी सेवन र उपचारमा ध्यान नपुगेकाले मंगलवार स्वास्थ्य परीक्षणका लागि समय निकालिएको स्रोतले बतायो ।

‘बिरामी नै पर्नुभएको होइन, नियमित जाँच र ड्रेसिङका लागि अस्पताल जानुभएको हो’ स्रोतले भन्यो ‘उहाँ नियमित राजनीतिक गतिविधिमा नै हुनुहुन्छ, केही आरामको जरुरी भएको हो’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment