Comments Add Comment

एनआरएनएको सदस्यता विस्तारबारे सिकागोमा अन्तरक्रिया

सिकागो । सिकागोमा एनआरएनएको सदस्यता वितरण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलिनोइका नेपाली युवाहरुबीच एनआरएनएमा यथासक्य धेरै सदस्य बनाउनेबारे छलफल भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी तथा व्यापारी रमाकान्त खरेलले अमेरीकामा बसोबास गर्ने सबै जना नेपाली स्वतःएनआरएनहुने भएको हुनाले यो संस्था सबैको साझा घर भएको बताए । उनले एनआरएनको रखवारी गर्ने सबैको  कर्त्तव्य भएको भन्दै मेम्बरसीप ड्राइभलाई अझ सशक्त रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।  डा.सुवर्ण प्रधान, डा. चन्द्र चटौत तथा समाज सेवी खेम पाठक विशेष अतिथिका रुपमा उपस्थित थिए ।

डा. सुवर्ण प्रधानले बर्तमान अवस्थामा एनआरएनएको महत्व अझ बढी भएकोले युवा वर्गले यो अभियानको अगुवाई गर्नुपर्नेमा जोड दिए ।

डा. चन्द्र चटौतले सदस्य बनाउने अभियानको सहृाना गरे भने खेम पाठकले एनआरएनएको बिधानमा भएका त्रुटिहरुलाई बेलैमा सच्च्याएर यसलाई सबैको साझा घरको रुपमा स्थापित गर्नुपर्ने बताए ।

स्थानीय समाजसेवीहरु मधुुसुुदन बुढाथोकी, चन्नुप्रसाद भट्टराई तथा सीएनएफएसका संस्थापक अध्यक्ष श्यामकाजी श्रेष्ठले एनआरएनएलाई स्वच्छ र जनमुखी बनाउन सबै जना लागि पर्नुपर्ने बताए ।

प्राध्यापक सोम आले, सीएनएफएस पूर्व अध्यक्ष तथा समाजसेवी टेकबहादुर केसी दिलु, समाजसेवी जगदीश यादव, सीएनएफएसका बरिष्ठ उपाध्यक्ष जितेन्द्रविक्रम राना, स्थानीय संस्था नेपाल अमेरिकन सेन्टरका तर्फबाट डा. विष्णु फुँयाल, एन्माका उपाध्यक्ष तथा समाजसेवी बाला घिमिरे लगायतले एनआरएनको महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति इलिनोइका उपाध्यक्ष कृष्ण खनाल, ओएनएफका अध्यक्ष टेकराज पौडेल, सिकागो थारु सोसाईटीका अध्यक्ष बिक्रम थारु, पूर्व अध्यक्ष जितेन्द्र चौधरी, नेवाः अमेरीकन दबुका श्रवण श्रेष्ठ तथा थारु एण्ड फ्रेण्डस एसोसिएसनका सचिव सत्यनारायण चौधरीले मेम्बरसीप ड्राईभलाई स्थानीय संस्थाहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा इलिनोइमा भएका करिब सबै स्थानीय नेपाली संस्थाका प्रतिनिधिहरु, उद्योगपति तथा व्यापारीहरु, बिभिन्न पेशामा संलग्न बुद्धीजिवीहरुको सहभागीता थियो ।

स्थानीय समाजसेवी दलबहादुर श्रेष्ठको स्वागत, लालप्रसाद काफ्लेको सञ्चालन तथा इलिनोइस युनिट्स फर एनआरएनएका अभियन्ता सुमन वस्तीले अभियानको उपादयतामाथि प्रकाश पारेका थिए । इलिनोइस युनाइट्स फर एनआरएनएका अभियन्ता मध्येका एक तथा समाजसेवी सुशील चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

–दीपक आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment