Comments Add Comment

सडक दुर्घटनामा दुईको मृत्यु,तीन घाइते

१३ माघ, इनरुवा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको तितिरवनामा मंगलबार दिउँसो ट्रकले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

को१ख १३८९ ट्रकले बा६च ९५४ नम्बरको कारलाई ठक्कर दिँदा कार चालक काठमाडौँ–२१ का श्याम महर्जन र मधेसका सुनिल मोचीको ज्यान गएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिए ।

मृतक दुर्घटनामा परी घाइते भएको महर्जनको उपचार गर्ने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिँदा पल्टिएको कारले साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा विक्रम विष्ट,सबुरलाल मोचीसहित तीन जना घाइते भएका हुन् ।

ठक्कर दिने ट्रक पकली प्रहरीको नियन्त्रणमा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment