Comments Add Comment

राष्ट्रिय लिग फुटबलमा आर्मीको सुखद सुरूवात

१३ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले झापा ११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले झापा ११ लाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले शीर्ष तीन अंक जोडेको छ ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी नायक बने । उनले खेल छैटौँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल साबित भयो । आर्मीका राजु तामाङको कर्नर बललाई सदुपयोग गर्दै बुढाथोकीले हेड गोल गरेका थिए ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब,थ्रीस्टार क्लब र लुम्बिनी फुटबल क्लबले पनि समान तीन-तीन अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment