Comments Add Comment

शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाउँदै

१३ माघ, कावासोती । खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ । एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो । उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन् ।

डेढ वर्षअघि मलेसिया पुगेका तम्सरिया-५ का ४४ वर्षीय झिन्का थारुको यही माघ ४ मृत्यु भएको खबर आएपछि शव ल्याउन लागिपरेको मृतकका आफन्त युगनारायण थारुले बताए ।

मलेसियामै काम गरिरहेका कोल्हुवा-३ का ३२ वर्षीय पूर्णबहादुर विकको दुर्घटनामा परेर ज्यान गएको छ । यही माघ १० गते दुर्घटनामा परेर मृत्यु भएको खबर घरमा आएको हो । अवैधानिकरूपमा काम गरिरहेका विकलाई घर फिर्ता ल्याउन सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमार्फत पहल भइरहेको अवस्थामा उनकाे दुर्घटनामा मृत्यु भएको खबर आएपछि परिवार पूरै शोकमा छ ।

वैदेशिक रोजगारमा जानेको अचानक मृत्यु भएको खबर लिएर आफन्तजन सूचना केन्द्र आउने गरेको केन्द्रकी पराशर्मदाता रञ्जना लम्सालले जानकारी दिइन् । साउदी अरब, कतार र मलेसियामा जाने ४० वर्षमुनिका युवकहरूको मृत्यु बढी हुने गरेको छ ।

त्यस्तै, पटना-८ कपिलबस्तुका हरिबहादुर चौधरीको साउदीमा मृत्यु भएको छ । उनको माघ २ गते मृत्यु भएको हो । नौ महिनाको अवधिमा १८ जनाको शव नेपाल ल्याउन सूचना केन्द्रले पहल गरेको परामर्शदाता लम्सालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment