Comments Add Comment

राज्यविरुद्धका अपराधका मुद्दा फिर्ता नहुने

१४ माघ, काठमाडौ । युद्धकालिन भए पनि युद्धअपराध एवम् राज्यविरुद्ध अपराधसहित विभिन्न २७ किसिमका सरकारवादी फौजदारी मुद्दा अब कुनै पनि अवस्थामा फिर्ता नहुने भएका छन् ।

राजनीतिक निर्णयका आधारमा यस्ता मुद्दा फिर्ता लिइने, तर कानूनी कारबाहीबाट उन्मुक्ति पाएका तिनै ब्यक्ति फेरि गम्भीर प्रकृतिका अपराधमा पक्राउ पर्ने क्रम बढेपछि सरकारले कार्यविधि नै बनाएर मुद्दा फिर्ता सम्बन्धी प्रकृति ब्यवस्थित गरेको नागरिक दैनिकमा खबर छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार मन्त्रालयले बनाएको सरकारवादी फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी कार्यविधि २०७१ मन्त्रिपरिषदले हालै पारित गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

कार्यविधिमा हत्या, अपहरण, युद्धअपराध, राज्यअपराध लगायत गम्भीर प्रकृतिका २७ किसिमका मुद्दा फिर्ता लिन नसकिने दफामा सूचीकृत गरिएको छ । यो कार्यविधि कार्यान्वनयसँगै राजनीतिक मोलमोलाइका आधारमा गम्भीर प्रकृतिका अपराधबाट उन्मुक्ति दिइने बाटो बन्द भएको छ । यसले अदातलमा मुद्दा विचाराधिन रहेको दशवर्षे सशस्त्र द्वन्द्वको घटन माओवादी र तराई तथा पूर्वी पहाडमा सशस्त्र गतिविधिमा संलग्न समूहका नेता तथा कार्यकर्ता सबैभन्दा धेरै प्रभावित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment