Comments Add Comment

बुधवारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा हावाबाटै ३० हजार मेगावाट विजुली सम्भव, अन्तर्राष्ट्रिय उडानमा गिममको ध्यान भारत र चीनतर्फ, चिनियाँ जहाज नआउने, भारतीय धान अवैध आयात हुने गरेको खबर छन् ।
कारोबार दैनिकमा हावाबाटै ३० हजार मेगावाट बिजुली सम्भव, भ्रष्टाचारमा अख्तियारको अनुसन्धान कमजोर, प्लास्टिक झोला प्रतिबन्धमा सरकार-उद्योगी जुहारी, ब्यवसायिक भवनले अझै तिरनन् कर, प्राविधिक तालिमले खोल्यो रोजगारीको ढोका लगायतका खबर छन् ।
अभियान दैनिकमा अन्तरराष्ट्रिय उडानमा निगमको ध्यान भारत र चीनतर्फ, तिमाल डाँडामा ‘पर्यटनक स्मृति उद्यान’, दुई हेलिकोप्टर थप्दै मुक्तिनाथ एयरलाइन्स, सिन्धुपाल्चोकका ३३ विद्युत आयोजना खारेज, क्यान इन्फोटेक आजदेखि, आईसीपी निर्माणमा जग्गा विवाद कायमै लगायतका खबर छन् ।
नागरिक दैनिकमा बाँकी चिनियाँ हवाईजहाज नल्याइने, बुट ऐनको विकल्पमा अर्को नीतिको तयारी, कृषि अनुदान थोरै आकांक्षी धेरै, सुबिसु क्यान इन्फोटेक आजदेखि लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा भारतीय धान अवैध आयात, विद्युत महसुल नतिर्ने २६ सय ६३ को लाइन काटियो, अनियमित बिजुली आपूर्तिबारे छानबिन सुरु, चेक गणतन्त्रका उद्योग तथा ब्यापारमन्त्री नेपाल आउने, निचगढमा विमानस्थल बनाउन मलेसियाको प्रस्ताव लगायतका खबर छन् ।
आर्थिक दैनिकमा अकुत सम्पत्ति छानबिनमा अख्तियारलार्य राजनीतिक र प्रशासनिक क्षेत्रबाट असहयोग, प्राधिकरणलाई तीन भागमा विभाजन गर्न अख्तियारको सुझाव, दुई रंगको सिलिण्डर तत्काल लागू गर्न संसदको निर्देशन लगायतका खबर छन् ।

1-karobar

2-arthik

3-annapurna

4-nagarik

5-aviyan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment