Comments Add Comment

विप्लवको पुस्तक प्रकाशनबारे पार्टीभित्रै असन्तुष्टी

१४ माघ, काठमाडौ । नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा लिखित एक पुस्तकले सो पार्टीभित्रै तीब्र असन्तुष्टी बढेको छ । विप्लवद्वारा लिखित सामग्रीका कारण नभई त्यसको संकलन, बिक्री-वितरण र प्रकाशकका कारण पार्टीभित्र असन्तुष्टी चुलिएको हो ।

biplab-book-akrikrit-krantiचन्द माओवादीले अवलम्बन गरेको रजनीतिक कार्यदिशा ‘एकीकृत क्रान्तिको सिद्धान्त’लाई मूल आलेख बनाउँदै प्रकाशित पुस्तकले पार्टी तथा जनवर्गीय संगठनभित्रै विवाद निम्त्याएपछि स्वयं महासचिव चन्द पनि अप्ठ्यारोमा परेका छन्, राजधानी दैनिकमा खबर छ । पुस्तकका कारण पार्टी बदनाम भएको भन्दै दिनहुँ चन्दसमक्ष केन्द्रीय सदस्यहरुले नै उजुरी गर्न थालेका छन् । ‘वर्ग संघर्ढाको नयाँ मोडेल, एकीकृत क्रान्ति’ नाम दिइएको सो पुस्तक नेकपा-माओवादीसँग सम्बन्ध विच्छेद लगत्तै बजारमा ल्याइएको थियो ।

पुस्तकका नाममा दुई जनवर्गीय संगठन अखिल क्रान्तिकारी र अखिल नेपाल जनसांस्कृतिक महासंघमा भाँडभैलो नै मच्चिएको छ । क्रान्तिकारी विद्यार्थी संगठनको नाममा संगठनमा निर्णय नै नगराई उपाध्यक्ष पूर्ण सिंहले सो पुस्तक बिक्री वितरणको जिम्मा लिएको, जनसांस्कृतिक महासंघका अशोक सुवेदीले आफ्ना बाबु-आमाको नाममा स्थापना गरिएको हितप्रसाद उपाध्याय-जूनमायाँ सुवेदी साहित्य प्रतिष्ठानको नाम राखी प्रकाशन गरिएको थियो । पुस्तकको सामग्री संकलन भने सुदर्शन मंगोलले गरेका थिए ।

पुस्तक प्रकाशनका नाममा विभिन्न ब्यापारीसँग मनग्गे पैसा संकलन गरिएको र त्यसको पारदर्शी हिसाबसमेत नदेखाई चन्दको नाम जोडेर थप रकम उठाउनेसम्मको काम हुन थालेपछि महासचिवको पुस्तकले विवाद बढाएको नेकपा माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment