Comments Add Comment

तोते बोलीमा आयो ‘लादालाम’को नेपाली भुँडी (भिडियो)

pppp
काठमाडौ । हाँस्य सिरियलहरुमा तोतेबोली बोलेर चर्चामा आएका कलाकार आरपी भट्टराई (लादालाम)ले तोते बोलीमै गाएको गीतको भिडियो बनाएका छन् ।
उनले आफ्नो अडियो एल्बम ‘नेपाली भुँडी’मा रहेको शिर्ष गीतको म्युजिक भिडियो युट्युबवाट सार्बजनिक गरेका छन् ।

भिडियोमा, पल्पसा डंगोल, मरिचमान श्रेष्ठ, ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, अनिता केसी, लगायतका कलाकारले अभिनय गरेका छन् ।

टेलिभिजन दर्शकमाझ इन्जिनियल लादालामका रुपमा चिनिएका आरपीले केही नयाँ गरौं भनेर एल्बम निकालेको बताए ।

हाँस्य टेलिश्रृङखला ‘तितोसत्य’मा तोते बोली बोल्ने अधवैशे पात्रको रुपमा चिनिएका सिरीयलमाझैं लादालाम मेलो नाम, इन्दिनियल मेलो काम, बिहे नगली हुन्छु कि पलमधाम जस्ता शव्दबाट शुरु हुने गीतमा आरपीले तोते बोलीमै गाएका छन् ।

हाँस्य अभिनेताका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि परिचित छन् । उनले नेपाली भुँडी अगाडि याया थुक्क नामक एलबम बजारमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment