Comments Add Comment

सुर्खेतमा सुरु भयो प्यारागलाइडिङ

surkhte (5)
भरतबन्धु थापा

१४ माघ, काठमाडौं । मध्यपश्चिमको सदरमुकाम सुर्खेतमा प्याराग्लाइडिङको व्यवसायीक उडान सुरु भएको छ । सुर्खेतको बयलकाँडाबाट उडेर वीरेन्द्र नगरपालिकास्थित त्रिपुरेश्वरी मन्दिर क्षेत्रमा अवतरण गर्ने गरी वेलकम प्याराग्लाइडिङले उडान सुरु गरेको हो ।

तत्काल दुइजना पाइलटसहित दुइवटा प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । भविष्यमा भने मागअनुसार उडान थप गर्दै जाने सञ्चालक पदमबहादुर शाहीले बताए ।

बयलकाँडा समुन्द्री सतहबाट १५०० मिटर उचाइमा रहेको छ । उडान समय २० देखी ३० मिनेटसम्म हुने प्याराग्लाइडिङका पाइलट धनकुमार मगरले बताए ।  पोखरामा चार बर्ष नियमित व्यवसायीक उडान गरेका धनकुमार मगर र शंकर मगरले सुर्खेतको आकासमा प्याराग्लाइडिङ उडाइरहेका छन् ।

वेलकम प्याराग्लाइडिङका अध्यक्ष महेश सुवेदी भन्छन्- प्याराग्लाइडिङसुरु गर्दा कस्तो होला भन्ने डर थियो, तर अहिले उडान र बुकिङ हेर्दा सन्तुष्ट छु । उनका अनुसार अहिले दिनको २ देखी ६ वटासम्म उडान हुने गरेको छ ।

surkhte (2) - Copy

प्याराग्लाइडिङ गर्नेहरुमा प्रायः कर्मचारी, उद्योगी, व्यवसायी रहेको सुवेदीको भनाई छ । प्याराग्लाइडिङमा करिव एक करोड रुपैयाँ लगानी गरेको बताइएको छ । प्याराग्लाइडिङमा उड्न सुर्खेतका साथसाथै दैलेख, बाँके, बर्दियाबाट समेत आउने गरेको सञ्चालक शाहीले बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ध्रुब शाही प्याराग्लाइडिङ गरेपछि भन्दै थिए, मलाई त आकाशमा चरा जस्तै लाग्यो । जीवनमा पहिलो पटका उडान गरेका शाहीलाई उड्दै गर्दा नजिकै चिल आएका कारण पनि चराजस्तै महशुस भएको थियो रे ।

‘सुरुमा कता-कता डर लागिरहेको थियो, जब उडान सुरु भयो, त्यसपछि आधा घण्टा समय बितेको पत्तै भएन । प्याराग्लाइडिङका लागि नेपालीका लागी ५ हजार ५ सय रुपैयाँ र विदेशीका लागी ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । तस्वीर र भिडीयोका लागि छुट्टै १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

पाइलट धनकुमार लामाका अनृुसार पोखरामा भन्दा सुर्खेतमा हावाको चाप बढी भएकाले कतिपय बेलामा गाह्रो हुने गरेको छ । तर, यहाँ प्याराग्लाइडिङका चाप कम भएकाले उडान निकै रमाइलो हुने गरेको उनले सुनाए ।

पोखराको आकास भन्दा सुर्खेतको आकाश सफा भएकाले दृश्य अवलोकनका लागी पनी निकै रमाईलो हुने गरेको छ ।

surkhte (1) - Copy surkhte (3) - Copy surkhte (6) - Copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment