Comments Add Comment

सञ्जय भन्दैछन्- बजारिया मायाको भर नपर

jali-maya
काठमाडौं । प्रेमको अन्तिम विन्दु के होला ? तन्नेरी पुस्तालाई सोध्ने हो भने सिधा जवाफ आउँछ, सेक्स ।

पछिल्लो सयम प्रेमलाई कामवासनासँग जोड्ने चलन बढेको छ । प्रेमलाई वजारमा वेच्न राखिएको सस्तो वस्तु झै अवमूल्यन गर्नेहरु पनि छन् । जुन कुरो मन परेको छैन गायक सञ्जय तोम्रोकलाई । यस्ता मायाको आयु कति हुन्छ ? निश्चित हुदैन । ठीक यस्तै कथालाई उनेर तयार गरिएको गीत ‘वजारिया माया’ ल्याएका छन् उनले ।

टंक सम्हाम्फेको शव्द, शाक्थिम योङहाको संगीत रहेको गीतले पछिल्लो पुस्तामा मौलाउदो प्रेम-मनोविज्ञानलाई प्रस्तुत गर्छ । यसै साता उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले ‘वजारिय माया’को म्युजिक भिडियो निर्देशन गरेका छन् ।

यसअघि आधा दर्जन म्युजिक भिडियो सार्वजनिक गरिसकेका सञ्जय यो भिडियोप्रति आशावादी छन् ।

सञ्जय आफैमा खारिएका गायक हुन् । महेन्द्र पुलिस क्लवमा आवद्ध उनी दिनभर अन्नपूर्ण रेकर्डिङमा व्यास्त हुन्छन् भने, साँझ दरवारमार्ग स्थित मालिङ्गो रेष्ट्रो गजल एन्ड वारमा प्रस्तुत हुन्छन् ।

२०६३ सालमा रेडियो नेपालवाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम भएका सञ्जय पूर्वाञ्चल आइडल पनि हुन् । उनले दर्जन बढी चलचित्रमा स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment