Comments Add Comment

‘मेरो वरिपरि सेक्सको कुरै आउँदैन’ : नीता ढुंगाना

पर्दाभित्र होस् वा बाहिर अहिले नीता ढुंगाना चर्चाकै केन्द्रमा छिन् । अघिल्लो बर्ष राम्रो फिल्म दिएकी नीताको कामको तारिफ छँदैछ, त्यसमा थपिएको छ उनको प्रेम प्रसङ्ग । आफ्नो प्रेम सार्वजनिक गर्ने मामिलामा उनी अलिक उदार देखिएकी छिन् ।

अहिले प्रेमी आमेश र उनको प्रेमचर्चा नेपाली सिने क्षेत्रमा हट टपिक्स हो । केही बर्षभित्रै आमेशसँग घरज मगर्ने तयारीमा रहेकी नीता आखिर कस्ती नायिका हुन ? हामीले उनको निजी जीवनका केही रहस्य र आनीवानी खोतल्ने प्रयास गरेका छौं अन्तरङ्ग सम्बादमार्फत् ।

NITA-1

१. तपाइको नजरमा प्रेम ?
जीवन जीउने बाटो हो ।

२. जीवन कसैसँग साट्न पाए समकालिन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म कसैसँग पनि साट्दिन । म भन्दा ठूलो कुरा अरु केही छैन ।

३. गहिरो पश्चाताप कहिले र केमा गर्नु भएको थियो ?
ममीको निधन हुनु भन्दा अगाडि मैले उहाँलाई समय दिन पाइन, यसमै पश्चाताप गरिरहेको छु ।

४.तपाई आफ्नो जीवनमा सबैभन्दा खुशी भएको क्षण ?
खुशी त म जहिले पनि हुन्छु नै । जब एउटा स्कुलको प्रतियोगीतमा नृत्यतर्फ उत्कृष्ट भएँ, सबैभन्दा धेरै खुशी सायद त्यही बेलामा थिएँ म ।

५.समय र फुर्सद भएको खण्डमा नेपालको कुन ठाउँमा गएर समय बिताउन मन छ ?
प्रायः धेरै ठाउँमा पुगेकी छु । ओखलढुंगा गएकी छु तर, पनि फेरि जान मन छ ।

६.खान पकाउने र भाडा माझ्ने काममध्ये एउटा रोज्नु परे कुन रोज्नुहुन्छ ?
खाना नै बनाउँछु म । भाडा माझ्न अल्छी लाग्छ ।

७. आफ्नै नजरमा तपाइका तीन कमजोरी ?
विश्वास चाडै गर्छु, धेरै बोलीरहन्छु र साना-साना कुरामा पनि गम्भिर भएर सोच्छु ।

८. तपाई सबैभन्दा बढी विश्वास के मा गर्नुहुन्छ ?
आफ्नो काम र परिश्रममा ।

९. कुनै बेला रुनुभएको छ ?
धेरै पटक रोएकी छु ।

१०. ठट्टा र रमाइलो गर्न कत्तिको मन लाग्छ ?
एकदमै मन लाग्छ । जोक्स सुन्न मन लाग्छ ।

११. झुट कत्तिको बोल्नुहुन्छ ?
झुट बोल्दा घाटा नलाग्ने छ भने बोल्छु ।

१२. तपाइलाई सबैभन्दा रिस उठाउने कुरा ?
ठूलो कुरामा झुट बोलेको मन पर्दैन ।

१३. अति रिस उठेको बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
मलाई रिस उठेको बेला कोही पनि वरिपरी नआए हुन्छ । डेढ घन्टा नबोली बस्छु ।

१४.आफ्नो जीवन र कर्मको मुल्यांकन एक वाक्यमा गर्नु परे ?
जीवन र कर्म दुबै दौडने घोडा हुन् ।

१५. मद्यपान र धुम्रपान गर्नुहुन्छ ?
वियर र रक्सी केही पनि पिउँदिन । सिमित परिवार मात्र भएको कार्यक्रममा वाइनसम्म लिन्छु ।

१६. मनले चाहेको तर पुरा गर्न नसकेको संकल्प ?
अहिलेसम्म त केही पनि छैन । यो गर्नै पाएको छैन भन्ने केही पनि छैन ।

१७. प्रेम र सेक्स बीचको सम्बन्धमा तपाइको नजरमा ?
सेक्स त मेरो वरिपरी नै आउँदैन । प्रेम भयो भने, साथ भयो भने जीवन जिउन रमाइलो हुन्छ । मलाइ लाग्दैन प्रेममा सेक्सको आवश्यकता छ ।

१८. भगवान मान्नुहुन्छ ? कसमा बढी विश्वास गर्नुहुन्छ ?
म साइबाबा मान्छु ।

तपाइको पहिलो ?

NITA१. पत्रिकामा आफ्नो फोटो पहिलो पटक कहिले छापिएको थियो ?
म सानो हुँदा मितिनी फिल्मको फोटो आएको थियो ।

२.तपाइको पहिलो डेटिङ ?
डेटिङ गएकी थिएँ, तर ठ्याक्कै मिति याद छैन ।

३. तपाइको पहिलो चुम्बन ?
३ बर्ष अगाडि आमेष भण्डारी (प्रेमी)ले निधारमा गर्नु भएको थियो ।

४. तपाइलाई पठाइएको पहिलो प्रेमपत्र ?
म कक्षा ४ मा पढ्दा एक जना प्रदिप भन्ने केटाले प्लेन बनाएर पठाउँथ्यो, कालोपाटीमा ‘आइ लभ यू नीता’ भनेर लेख्थ्यो ।

५. तपाइको पहिलो कमाई ?
सिरियल चेतनाबाट ५ सय रुपैयाँ कमाएकी थिएँ ।

राजनीति

१. तपाइको विचारमा राजनीति के हो ?
घिनलाग्दो खेल ।

२. राम्रो क्षमता भएर पनि माथि जान नसकेका राजनीतिज्ञहरुको नाम लिनु पर्दा ?
मलाई नेता सम्बन्धी ज्ञान नै छैन ।

३. कलाकारहरु धमाधम राजनीतिमा लागिरहेका छन्, तपार्इ के सोच्दै हुनुहुन्छ ?
यो कसैको व्यक्तिगत इच्छा हो । तर, कुर्सी तानातानको खेलमा नलागे हुन्छ ।

४. संविधान सभाको चुनावमा कसलाई भोट हाल्नु भएको थियो ?
पहिलो चुनावमा माओवादीलाई हालेकी थिएँ । दोश्रोमा कांग्रेस र राप्रपालाई हालेँ ।

ब्राण्ड

घडी : राडो
जुत्ता : ब्रान्ड भन्ने नै छैन
मोबाइल : आइफोन र ब्ल्याक बेरी
क्रिम : जोनसन बेबी
साबुन : साबुन प्रयोग गर्दिन

१९. आफुले अभिनय गरेकामध्ये मन परेका चलचित्र ?
मसान

२०. हेरेका मध्ये मन परेको चलचित्र ?
लभ यू बाबाको कथा मनपरेको थियो ।

२१. तपाइलाई खेल्न र हेर्न मन पर्ने खेलहरु के के हुन् ?
मलाई खेल्न र हेर्न फुटबल मनपर्छ ।

२२. मन पर्ने नायक-नायिका ?
राजेश हमाल र करिश्मा मानन्धर।

२३. आफूले बितएका पुराना दिनमध्ये कुन दिनको पुनारावृत्ती होस् भन्ने चाहनुहुन्छ ?
मलाई बचपन फर्कियोस् भन्ने चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment