Comments Add Comment

युवा कृषि कर्जामा सुजल डेरी र लक्ष्मी बैंकबीच सहकार्य

Laxmi-and-sujel2१४ माघ काठमाडौं । लक्ष्मी बैंक र सुजल डेरीबीच कृषि कर्जा प्रवाह गर्नेसम्बन्धमा सम्झौता भएको छ । ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने उद्देश्यले सहकार्य गरिएको हो ।

सुजल डेरीको सफल अभियान ‘दुध उत्पादन, समृद्घकिो लागि’ कार्यक्रम एवं लक्ष्मी बैंकको ‘माइक्रो फाइनान्स कार्यक्रम’ अन्तर्गत संयुक्तरुपमा युवा कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । वाषिर्क ६ प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गरिने छ ।

यस अन्र्तगत स्थानीयस्तरका दुग्ध सहकारी सस्थासँग सम्बन्द्ध साना किसानलाई गाई, भैंसी खरीद गर्न लक्ष्मी बैंकले कर्जा प्रवाह गर्नेछ भने सुजल डेरीले आवश्यक दुध आपूर्तिको लागि कृषकहरु सँग सहकार्य गरी दूध उत्पादनमा सहयोग गर्ने बताइएको छ ।

‘युवा कृषि कर्जा’ देशका चारवटा जिल्ला तनहुँ, नवलपरासी, चितवन र रुपन्देही लक्षित गरि तयार गरिएको बैंकले जनाएको छ । यो कृषि कर्जाले साना किसान, दुग्ध सहकारी एवं सम्पूर्ण सरोकारवालाहरुलाई फाइदा पुर्‍याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment