Comments Add Comment

पितृशोकमा क्रिकेटर शक्ति गौचन

Shakti Gauchan Father Death (2)

१४ माघ, काठमाडौं । जतिबेला शक्ति गौचन डिभिजन टू क्रिकेटमा नेपाललाई जिताउन नामिबियाको मैदानमा डटिरहेका थिए, उनका बुबा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा कोमामा थिए ।

भैरहवामा भएको माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका शक्तिका बुबा खड्गप्रसाद गौचनको मस्तिष्कमा गहिरो चोट लगेको थियो । मस्तिष्कको शल्यक्रिया गरियो । तर, उनलाई बचाउन सकिएन । बुधबार बिहान करिव ४ बजे उनको निधन भयो ।

खड्गप्रसादको थकाली परम्पराअनुसार बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Shakti Gauchan Father Death (3)

शक्ति उनका एक्लो छोरा हुन् । ‘बुबा कोमामा रहँदा पनि उनले कत्ति पनि बिचलित नभई देशका लागि खेले’ पशुपतिमा भेटिएका एक आफन्तले भने-‘छोराको अनुहार हेर्न कुरोको जस्तो भयो ।’

डिभिजन टू खेलेर नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो । शक्ति विमास्थलबाट बिरामी बुबालाई भेट्छु भन्दै सिधै अस्पताल पुगेका थिए ।

शोकमा शक्तिलाई साथ

खड्गप्रसादप्रति श्रद्धाञ्जली दिन नेपाली क्रिकेट टीमका अधिकांश खेलाडी आर्यघाट पुगेका थिए । उनी निकै भावुक देखिन्थे । प्रशिक्षक पुबुदु दशानायके, सहायक प्रशिक्षक विनोद दासलगायत नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरु पनि श्रद्धाञ्जली दिन पुगेका थिए ।

Shakti Gauchan Father Death (12)

Shakti Gauchan Father Death (6)

Shakti Gauchan Father Death (1)

Shakti Gauchan Father Death (7)

Shakti Gauchan Father Death (9)

Shakti Gauchan Father Death (11)

 

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment