Comments Add Comment

कतारमा थलिएका परियारलाई सहयोगको अपील

subhas pariyarयुएई । कतारमा वैदेशिक रोजगारीका क्रममा दुवै मृगौला फेल भएर अस्पतालमा थलिएका पोखराका सुभास परियारले उपचार खर्च जुटाउन आर्थिक सहायताको निम्ति अपील गरेका छ्न ।

करिब २ वर्षअघि कतारको बाक्रास्थित चिली रेस्टुरेन्टमा कामका लागि आएका २१ वर्षिय सुभासको स्वास्थमा एक महिनाअघि आकस्मिक समस्या आएपछि कम्पनीले अस्पताल भर्ना गरेको थियो ।

अस्पतालले दुवै मृगौला फेल भई सकेकाले प्रत्यारोपण गर्नुपर्ने बताएपछि कम्पनीले उनलाई घर पठाउने तयारी गरिरहेको त्यहाँबाट उनका सहयोगी पोखराका तुलबहादुर परियार (बागदास) ले जानकारी  दिए ।

बाल्यकालमै बाबू गुमाएकाले बुढी आमा र एउटा भाईको पालन पोषण गर्ने अभिभारा पूरा गर्न खाडी भासिएका सुभास आफ्नै यो हालत हुँदा आँखा भरी आँसु टिल्पिलाएर अस्पतालको बेडमा पल्टिएका छ्न ।

उता उनकी बुढी आमा र भाईको समेत आँखामा आँसु नअडिएको बागदासले बताए । आर्थिक अवस्था एकदमै कमजोर भएकोले आफ्नो जीवन सहयोगी दाताको हातमा रहेको बताउँदै परियारले सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् । जसको निम्ति उनको आमा रुपा परियारको नाममा एभरेष्ट बैंक पोखराको खाता नं. ०१६००५०१२०३८२७ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाईएको छ । साथै कतार भित्र रहेका तुलबहादुर बागदास वा शिव बास्तोलालाई ००९७४-५५१७३९४३, ००९७४-५५१४४७५२ वा ००९७४-३३०१३७८२ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बागदासले जानकारी दिएका छन् ।

मृगौला प्रत्यारोपण अत्यन्तै महँगो हुने हुँदा कम्तीमा १५/२० लाख रकमको आवश्यकता पर्ने गर्दछ । त्यसैले मानवीय भावनाले उनलाई नयाँ जीवन प्रदान गर्न सबैले सक्ने सहयोग गरिदिनु हुन बागदासले आग्रह गरेका छन ।

– रामकुमार परियारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment