Comments Add Comment

विराटनगर उपमहानगरपालिकामा २ दमकल थपिए

१४ माघ, विराटनगर । विराटनगर उपमहानगरपालिकाले दुईवटा नयाँ दमकल खरिद गरेको छ ।

५ हजार लिटर क्षमता भएको दमकलका लागि नेपाल सरकारको ९० प्रतिशत र विराटनगर उपमहानगरपालिकाको १० प्रतिशत लगानी रहेको विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत गोपाल रेग्मीले जानकारी दिए ।

Damakal-Biratnagarखरिद गरिएका दुवै दमकल भारतको टाटा कम्पनीका हुन् । नयाँ खरिद गरिएका दलकमलसहित विराटनगर उपमहानगरपालिकामा दलकमलको संख्या सात पुगेको छ । तीनवटा दमकमल भने विग्रिएर काम नलाग्ने अवस्थामा छन् ।

विराटनगर उपमहानगरपालिकाका दमकल झापा, सिरहा सहित भारतीय क्षेत्रमा समेत जाने गरेका छन् ।

विराटनगर उपमहानगरपालिकाले नयाँ दमकल खरिद  प्रकृया ६ वर्ष अघिदेखि शुरु गरेको थियो ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्मको अवधिमा १ सय ८८ स्थानमा लागेको आगो निभाउन विराटनगर उपमहानगरपालिकाका दमकल प्रयोग भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment