Comments Add Comment

खाली सिलिण्डरसहित आयल निगममा विद्यार्थीको धर्ना

For LPG Gass strike (5)१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले खाना पकाउने ग्यासका रित्ता सिलिण्डर सहित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।

कालोबजारी नियन्त्रण गर्न र सहज रुपमा खाना पकाउने ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन माग गर्दै दिउँसो १२ बजेदेखि १ घण्टा धर्ना दिइएको हो ।

रित्ता सिलिण्डर र रित्ता थाल लिएकाहरु माइतीघर मण्डलामा भेला भएर बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय अगाडि पुगेर धर्नामा बसेका थिए ।

एमाओवादी नेता देवेन्द्र पौडेल, हिमाल शर्मा, रमेश मल्ल लगायत धर्नामा थिए ।

धर्नामा सहभागीहरुले कालोबजारी नियन्त्रण गर्न, ग्यासमा दोहोरो मूल्य लागू गर्न, सहज रुपमा ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन माग गर्दै सरकार विरुद्ध नारा लगाएका थिए ।

For LPG Gass strike (2)For LPG Gass strike (8)

For LPG Gass strike (3)   For LPG Gass strike (7)

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment