Comments Add Comment

‘पत्रकार अधिकारी माथिको आक्रमण नियोजित’

१४ माघ, काठमाडौं । चितवनका पत्रकार नारायणप्रसाद अधिकारीमाथि सांघातिक आक्रमण भएको घटनालाई स्थानीय प्रशासनले गम्भिर रुपमा नलिएको नेपाल पत्रकार महासंघले आशंका गरेको छ । साथै अधिकारीलाई मार्ने उद्देश्यले आक्रमण गरिएको महासंघले निष्कर्ष निकालेको छ ।

fnj-logoमहासंघले दुई महिनासम्म छानविन गरेर तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘७१ दिन बितिसक्दा पनि दोषीको पहिचान नहुनुले स्थानीय प्रशासनले यस घटनालाई गम्भीर रूपमा नलिएको आशंका छ ।’

बाटो छेकेर समाचार लेख्ने हातमाथि नै हतियार प्रहार हुनुले घटना नियोजित र ज्यान मार्ने उद्देश्यले गरिएको प्रतिवेदनमा उल्लेख छ ।

घटनाको सत्य-तथ्य पत्ता लगाउन नेपाल पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा २०७१ मंसिर ११ गते मिसन गठन गरेको थियो । मिसनमा मिसनमा प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठ, महासंघ मध्यमाञ्चल संयोजक शितल महतो र सहसंयोजक चिरञ्जिवी मास्के र महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल सदस्य थिए ।

समितिले बुधबार महासंघ अध्यक्ष डा. महेन्द्र विष्टलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै अध्यक्ष विष्टले पछिल्लो समय पत्रकारमाथिको आक्रमण बढेको उल्लेख गर्दै यस्ता आक्रमणको अन्त्य हुनपर्ने र दोषी पत्ता लगाई तत्काल कारबाही गरेर दण्डहीनता अन्त्य गरिनु पर्ने बताए ।

भरतपुर नगरपालिका-११ मुक्तिनगरस्थित निवास नजिकै गत मंसिर ४ गते मोटरसाइकलमा आएको अज्ञात समूहले पत्रकार अधिकारीमाथि आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment