Comments Add Comment

ग्याँसको आपूर्ति १० दिनभित्र सहज बनाउन निर्देशन

१४ माघ, काठमाडौं । खाना पकाउने एलपी ग्याँसको आपूर्ति १० दिनभित्र सहज बनाउन सरकारले आयल निगमलाई निर्देशन दिएको छ । केन्दि्रय अनुगमन तथा मूल्यांकन समितिले यस्तो निर्देशन दिएको हो ।

NOCमुख्यसचिव लिलामणि पौडेलले ग्याँसको सहज आपूर्तिका लागि स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्न निगमलाई निर्देशन दिए ।

सर्वसाधारण उपभोक्ताको चुलोसम्म ग्याँस पुग्न नसकेकोतर्फ इंगित गर्दै उनले ग्याँस उपभोक्तासम्म पुगेको सुनिश्चितता हुनेगरी आवश्यक अनुगमन गर्न आग्रह गरेका छन् ।

समितिले ग्याँस आपूर्ति सहज बनाउन थप पूर्वाधार विकास गर्ने गरि कार्य अघि बढाउन र न्यूनतम एक महिना पुग्ने गरी मौज्दात राख्ने व्यवस्था मिलाउन पनि निगमलाई निर्देशन दिएको छ ।

अहिले ग्याँसको प्रयाप्त मौज्दात राख्न मिल्ने पूर्वाधार न सरकारसँग छ न व्यवसायी सँग नै । ग्याँस उद्योगीहरुले ट्यांकरमा ग्याँस ल्याउने र सिलिन्डर भर्ने काम गर्दै आएका छन् । यसले गर्दा माग बढ्ने वित्तिकै नेपालमा ग्याँसको हाहाकार हुने गरेको छ । समितिले निगमलाई यसतर्फ सचेत बनाएको हो ।

समितिले दोहोरो मूल्यका दुई रङका सिलिन्डरलाई प्रयोगमा ल्याउन पनि निगमलाई निर्देशन दिएको छ ।

ग्यासको व्यवसायीक र घरेलु प्रयोगका लागि तोकिएको निलो र रातो सिलिन्डर प्रयोगमा ल्याउँदै ग्याँसको कृतिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्न निगमलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment