Comments Add Comment

रणवीर र कट्रिना अव भेट्न नपाउने

ranbir-and-katrina
मुम्बई । नयाँ वर्षको अवसरमा बेलायतमै इन्गेजमेन्ट गरेको हल्ला चलेपछि रणवीर कपुर र कट्रिना कैफको विषयमा थुप्रै टिका टिप्पणी भयो । यद्यपि अहिलेसम्म यी दुबैले आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका छन् तर, पुष्टि गर्न सकेका छैनन् । उनीहरु संगै बस्दै आएको भारतीय संचारमाध्यमको दावी छ।

उनीहरुको सम्बन्धवारे राम्रै जानकारी पाएका निर्देशक अभिषेक कपुरले केही दिनका लागि उनीहरुलाई भेटघाटमा प्रतिबन्ध लगाउने योजना बनाएका छन् ।

‘कोई पो छे’का निर्देशक अभिषेक नयाँ फिल्म ‘फितूर’ निर्माणको तयारीमा छन् । यस फिल्ममा कट्रिना कैफ र आदित्य राय कपुरले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

यस फिल्मको अधिकांश सुटिङ काश्मिरमा हुने भएको छ । काश्मिरमा धेरै जाडो हुनुको साथै सुटिङका लागि लागत समेत महंगो पर्ने भएकाले निर्देशक अभिषेकले सकेसम्म छिटो सुटिङ सकाउन चाहेका छन् ।

त्यसो त निर्देशकले नै रणवीरलाई भेटेर सुटिङमा नआईदिन आग्रह गरेका छन् । उनको प्रस्ताब रणबीरले मानेको थाह पाएकी कट्रिना भने सक्दो चाँडो सुटिङ सकाउन निर्देशकलाई दबाब दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment