Comments Add Comment

नक्कली प्रमाणपत्र बुझाएर सई बनेका संग्रौला विरुद्ध मुद्दा

१४ माघ, काठमाडौँ । प्रहरी प्रधान कार्यालयअन्तर्गतका तत्कालीन प्रहरी नायब निरीक्षक जयन्द्र सङ्ग्रौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नोकरी सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सङ्ग्रौलाले सुरु नियुक्तिको लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना अन्तर्गतबाट सन् १९९३ मा आइए. तह उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुट्टा देखिन आएको आयोगले जनाएको छ ।

सङ्ग्रौलामाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment