Comments Add Comment

राष्ट्रिय लिग फुटबल : सुदूरपश्चिमाञ्चललाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा

१४ माघ, काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको छ ।

three star FCदशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा थ्रीस्टार सुदूरपश्चिमाञ्चलमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको थ्रीस्टार ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । थ्रिस्टारले यसअघि मोरङ फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

थ्रीस्टारको जितमा अमर डङ्गोल र सन्तोष साउखलले गोल गरेका थिए । डङ्गोलले खेलको ७२ र ७६ औँ मिनेटमा दुई गोल गरे । उनले पहिलो गोल जगजित श्रेष्ठको क्रस पासमा हेडमार्फत गोल गरे भने दोस्रो गोल पनि जगजितले नै मिलाइदिएको बललाई डिबक्स नजिकबाट गोल गर्दै थ्रिस्टारको अग्रता दोब्बर बनाएका थिए ।

त्यस्तै साउखलले खेलको अन्तिम मिनेटमा करिब नौ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमाञ्चल अङ्कविहीन छ । यसअघिको पहिलो खेलमा सुदूपश्चिमाञ्चल मनाङ मस्याङ्दी क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

जारी प्रतियोगितामा समान एक÷एक खेल खेलेको मनाङ मस्र्याङ्दी र लुम्बिनी फुटबल क्लबको समान ३–३ अङ्क छ ।

भोलि दशरथ रङ्गशालामा दिउँसो २ बजे विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment