Comments Add Comment

नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का

Nepal-Cric-team

१४ माघ, काठमाडौं । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।

आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्‍याङ्किङ छनोट सिस्टममा समावेश गरेको छ ।

सन् २०१७ को सेप्टेम्बरमा जारी हुने वन डे टीम र्‍याङ्किङको शीर्ष आठ टीमविश्वकपमा स्थान बनाउनेछ । पुछारका चार टीमले विश्वकप छनोट खेल्नु पर्नेछ ।

अफगानिस्तान र आयरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन । उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ ।

अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ, जुन दुई वर्षे हुनेछ । यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई-दुई खेल खेल्नेछ ।

नेपालले चार दिवसीय खेल्न नपाउने

अफगानिस्तान र आयरल्याण्डले चार दिवसीय प्रथम श्रेणीको आईसीसी इन्टरकन्टिनेन्टल कप भने खेल्नेछ । डिभिजन वानमा पुग्न चुक्दा नेपालले यो अबसर भने गुमाएको छ ।

डिभिजन टूको लिग चरणको अन्तिम खेलमा केन्यासँग पराजित भएपछि नेपाल डिभिजन वानमा पुग्न असफल भएको थियो ।

अफगानिस्तान र आयरल्याण्डले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग चार दिवसीय इन्टरकन्टिनेन्टल कप खेल्नेछ ।

यो पनि पढ्नुस् 

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल कति तयार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment