Comments Add Comment

बिग ब्यास लिगको उपाधि पर्थलाई

Perth Scorchers celebrate their BBL title victory

१४ माघ, काठमाडौं । सिड्नी सिक्सर्सलाई पराजित गर्दै पर्थ स्कोचर्स लगातार दोस्रो पटक टी-२० बिग ब्यास लिग च्याम्पियन बनेको छ ।

रोमान्चक फाइनल भिडन्तमा पर्थले सिड्नीलाई ४ विकेटले पराजित गर्‍यो । सिड्नीले दिएको १४८ रनको लक्ष्य पर्थले अन्तिम बलमा भेट्टायो ।

मानुका ओभलमा जितका १२ बलमा जितका लागि १७ रन चाहिएको पर्थका सन मार्स १९ औं ओभरको पहिलो बलमै क्याच आउट भए ।

त्यसपछि टर्नर पनि शुन्य रमै आउट भएपछि सिड्नीको उपाधि सम्भावना देखिएको थियो । तर, १९ औं ओभरको अन्तिम बलमा कलटर नाइलले छक्का प्रहार गर्दै फेरि पर्थलाई खेलमा फर्काए ।

अन्तिम ओभरमा पर्थलाई जितका लागि ८ रन आवश्यक थियो । पहिलो बलमै कारबेरीले चौका हाने । दोस्रो बलमा २ र तेस्रो बलमा एक रन लिएपछि पर्थलाई ३ बलमा १ रन मात्र चाहियो ।

पर्थको सहज जितको अनुमान लगाइरहेका बेला ब्रेट लीले अन्तिम ओभरका चौथो र पाँचौ बलमा लगातार विकेट लिएपछि खेल थप नाटकिय भयो ।

अन्तिम बलमा पर्थलाई जितका लागि १ रन चाहियो । अराफातले १ रन जोड्दै पर्थलाई च्याम्पियन बनाए । पर्थका लागि म्यान अफ दि फाइनल सन मार्सले ७३ तथा माइकल किलिङगरले ३३ रन बनाए । सिड्का लागि नाथन लियोनले २ र ब्रेट लीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले कप्तान हेनरिकको ७ रनको सहयोगमा १४७ रन बनायो । पर्थका लागि अराफत, हज, कल्टर नाइल र बेरनडनेफले समान १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment