Comments Add Comment

अश्लिल गालीको आरोपमा साहना र सुरज पक्राउ

suraj-sahanaकाठमाडौं । अश्लिल गाली गरेको आरोपमा मोडल साहना बज्राचार्य र सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

फोनबाट अश्लिल गाली गर्नुका साथै हत्या गर्ने धम्की दिएको भन्दै हर्षबर्धन साहनीले उजुरी दिएपछि प्रहरी अपराध महाशाखाले बज्राचार्य र गिरीलाई पक्राउ गरेको हो ।

दुबैलार्इ नियन्त्रणमा लिइएको अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

प्रारम्भीक अनुसन्धानका क्रममा पीडितको दाबी अनुसारको गतिविधि भएको देखिएको र मुद्दा प्रक्रिया अघि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कार्कीका अनुसार उनीहरुले साहनीलाई अश्लिल सन्देशहरु समेत प्रहरीले भेटाएको छ । सहनी विज्ञापन तथा म्युजिक भिडियो बनाउने कम्पनीका सञ्चालक हुन् ।

प्रहरीले प्राप्त गरेको फोन सम्वादमा सुरजले ‘तेरो छोरीलाई बलात्कार गर्छु, तँलाई मारिदिन्छु’सम्मका धम्की दिएको सुनिएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment