Comments Add Comment

२ सय वर्ष अघि मरेका भिक्षुको सरीर ‘योगा पोजमा’ जस्ताको तस्तै

vikchhu
झण्डै दुइ सय वर्ष पहिले मृत्यु भएको मानिसको शव योगा गरिरहेको पोजमा दुरुस्तै फेला परेपछि सबै आश्चर्यमा परेका छन् ।

१९ औँ सताब्दीको सुरुतिर मृत्यु भएका एक भिक्षुको शव दुरुस्त अवस्थामा मंगोलियामा फेला परेको छ ।

जनावरको छालामा संरक्षित गरेर राखिएको ती भिक्षुको कमलाशनको शव मंगोलियाको सोंगिनोखैरखान प्रान्तमा केही दिनअघि फेला परेको हो ।

विधिविज्ञहरुले उक्त शव कम्तिमा पनि २ सय वर्ष पुरानो रहेको अनुमान गरेका छन् । त्यो शव कुन व्यक्तिको हो भन्ने कुरा खुलेको छैन । राजधानी उलानबटारमा लगि उक्त शवको विस्तृत परीक्षण तथा अनुसन्धान सुरु भएको बताइएको छ ।

स्मरण रहोस् थाइल्याण्डको कोह सामुइमा सन् १९७३ मा मृत्यु भएका एकजना भिक्षुको चस्मा लगाएको संरक्षित शव हाल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ती भिक्षुको शव वाट खुनाराम मन्दिरमा शिशाको बाकसमा राखिएको छ ।

मंगोलियामा २ सय वर्ष पुरानो भिक्षुको शव फेला परेपछि त्यो झनै ठूलो आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment