Comments Add Comment

एक लिटर तेलले २०० किलोमिटर गुड्ने गाडी

chief-car
नयाँ कार किन्ने उपभोक्ताको पहिलो प्रश्न हुन्छ- यसको माइलेज कति छ ? अर्थात् कति लिटर इन्छनले कति किलोमिटर गुडन सकिन्छ भन्नेलाई कार छनौटको पहिलो आधार बनाउँछन् ।

अब तपाईले यसरी कार सोरुममा गएर एक दुई किलोमिटरको हिसाव गर्दै कार छान्नु पर्दैन् । सोधकर्ताहरुले यस्तो कारको आबिस्कार गरेका छन जुन एक लिटर इन्धनले १०-१५ किलोमिटर हैन पुरै २ सय किलोमिटर गुडन सक्छ ।

केरलाको एक सरकारी इन्जिनियरिङ कलेजमा अध्ययन तीन जना बिद्यार्थीले एक लिटर पेट्रोलले दुई सय किलोमिटर कुदने कारको नमुना बिकाश गरेका छन् ।

होण्डा जिएक्स ३५ इन्जिनको प्रयोग गरी निर्माण गरिएको यो कार इन्धन किफायत प्रतिस्पर्धामा भाग लिन फिलिपिन्स लगिदै छ । जहाँ अन्य १६ देशका सोधकर्ताले बिकाश गरेका इन्धन किफायत गर्ने अन्य मोडलसँग प्रतिस्पर्धा हुने छ ।
‘हाम्रा बिद्यार्थीहरुले साह्रै आश्चर्यजनक प्रबिधिको आबिस्कार गरेका छन’ कलेजका पि्रन्सिपल बी अनिलले भने- चर्किदो इन्धन अभाव र बढ्दो तेलको मूल्यका कारण यो प्रबिधिलाई प्रर्बद्धन गरिनुपर्छ ।’

यो तीन पाङ्ग्रे मोटरको तौल जम्मा ५० किलोग्राम मात्र छ । Shell-1अगाडी दुईटा र पछाडी एउटा पाङग्रा भएको यो गाडीको स्टेरिङ तीन पाङ्ग्रे सवारीकै जस्तो देखिन्छ ।

एकजना मात्र बस्न मिल्ने यो कार पूर्ण सुरक्षित छ जसमा इन्जिन मोनिटर, कुलर र सिटबेल्टजस्ता सुबिधा छन । यसको अर्को अनौठो बिशेषता के छ भने कार तिब्र गतिमा गुडेपछि कारको इन्जिन अफ गरे पनि कार केहीवेर गुडिरहन्छ ।

‘हामीले भर्खरै टेष्ट ड्राइभ पनि गरिसकेका छौं’ यसको बिकाशमा लागेका एक बिद्यार्थीले भने- यो परियोजना सकिन जुलाईसम्म लाग्छ, त्यतिबेलासम्म हामीले यसमा धेरै सुधार गरिसक्ने छौं ।’ -इण्डो एशियन न्यूज सर्भिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment