Comments Add Comment

ठेक्काका सर्त प्राधिकरणले उल्टायो

१५ माघ, काठमाडौं । दुर्गममा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने देशको महत्वपूर्ण आयोजना उर्जामन्त्री राधाकुमारी ज्ञवालीको हस्तक्षेपपछि विवादमा परेको छ ।

All about light: from bulbs to artझन्डै १० करोड रुपैयाँ खर्च गरी नियुत्त गरेको परामर्शदाताको सुझाव नमानेर आफू नजिकका ठेकेदारको प्रभावमा ठेक्काको सर्त उल्टाउने निर्णय उनकै अध्यक्षतामा बसेको विद्युत प्राधिकरण सञ्चालक समितिले गरेको छ । सोलु कोरिडर (कटारी-खोलढुंगा-सोलु) प्रसारण लाइन आयोजना गतिलो ठेकेदारले मात्र पाओस भनी परामर्शदाताले बनाएको ठेक्का सर्त -क्राइटएरिया) प्राधिकरण सञ्चालक समितिले उल्टाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

सोलु कोरिडरका परामर्शदाता ल्यामेयर-इन्डिया प्राइभेट लिमिटेडले साढे पाँच महिनाअघि बनाएको टेन्डर डकुमेन्टमा उल्लेखति ‘सोलु कोरिडर प्रसारण लाइन निर्माण गर्ने ठेकेदार कम्पनी आफैं टावर निर्माण गरेको हुनुपर्ने’ सर्त उल्टाएर ‘प्रसारण लाइन टावर निर्माण गरेको उत्पादक कम्पनी नभए पनि हुने,’ राखेर परिवर्तन गरेको छ ।

परामर्शदाताले प्राधिकरणको प्रसारण लाइन निर्माणमा लामो अनुभव भएका इन्जिनियहरुसँग समेत छलफल गरेर ठेक्काको सर्त तय गरेको थियो ।

ठेक्कामा भाग लिने कम्पनीहरूको यस्तै प्रकृतिको प्रसारण लाइन निर्माणसम्बन्धी कम्तीमा दुईवटा आफ्नो देशमा र दुईवटा देशबाहिर निर्माण गरेको अनुभव हुनुपर्ने सर्त पनि सञ्चालक समितिले उल्टाएको छ। उल्टिएको सर्तअनुसार इच्छुक कम्पनीले आफ्नो देशमा एउटा र देशबाहिर एउटामात्र यस्तै प्रसारण लाइन बनाएको हुनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment