Comments Add Comment

एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

Neymar

१५ माघ, काठमाडौं । एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग १–० ले जितेको बार्सिलोनाले बुधबार राति भएको तनावपूर्ण दोस्रो लेगमा ३–२ को जित निकाल्यो र समग्रमा ४–२ ले विजयी भयो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै फर्नान्डो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, नवौं मिनेटमा लुइस स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

खेलको ३० औं मिनेटमा राउल गार्सियाले पेनाल्टीमा गोल गर्लै फेरि एथ्लेटिकोलाई अग्रता दिलाए । ३८ औं मिनेटमा एथ्लेटिको मड्रिडका मिराण्डाले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

४१ औं मिनेटमा अल्बामा पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानालाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको अन्तिममा गावी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सिमित भयो ।

खेलको ४८ औं मिनेटमा एथ्लेटिकोका मिडिफिल्डर टुरानले लाइन्स म्यानलाई जुत्ताले हाने । तर, जुत्ताले लाइन्स म्यानलाई लागेन भने उनले पहेँलो कार्ड मात्र पाए ।

खेलको ८४ औं मिनेटमा मेस्सीलाई फल गरेपछि एथ्लेटिको मड्रिडका मारिओ सुआरेज दोहोरो पहेँलो कार्ड पाए । त्यसपछि केही मिनेट घरेलु टोली ९ खेलाडीमा सिमित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment