Comments Add Comment

पशुपतिनाथमा आउने भक्तलाई भेदभाव नगर्न सर्वोच्चको आदेश

१५ माघ, काठमाडौं ।सर्वोच्च अदालतले सबै भक्तजनलाई पशुपतिनाथको गर्भगृहभित्र फूलप्रसाद चढाउन समान पहुँच दिन पशुपति विकास कोषलाई परमादेश दिएको छ।

पशुपतिनाथ
पशुपतिनाथ

पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनलाई आफैं बेलपत्र, फूलप्रसाद चढाउन भेदभाव गरेको दाबीसहित दायर रिटमा सर्वोच्चले कोषलाई परमादेश दिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

एक हजार एक सय रुपैयाँ तिर्ने भक्तजनले भट्ट एवं भण्डारीमार्फत मूर्तिमा फूलप्रसाद चढाउने र टीकाप्रसाद लगाउने सुविधा पाए पनि आमसर्वसाधारणले भने ढोकाबाहिरको भाँडोमा विसर्जन गर्नुपर्ने बाध्यता रहेको भन्दै अधिवक्ता राजीव सिन्हाले रिट दायर गरेका थिए।

भेदभाव भएका कारण सर्वसाधारणको धार्मिक आस्थामा चोट पुगेको जिकिर उनको थियो। उक्त विवादमा बुधबार तयार गरिएको पूर्णफैसलामा कोषलाई पशुपतिनाथको पूजामा विशेष वा साधारण भक्तजनको वर्गीकरणका नाममा भेदभाव नगर्न आदेश दिइएको छ।

‘पशुपतिनाथको पूजामा विशेष वा साधारणका रूपमा वर्गीकरण गरी एउटालाई गर्भगृहसम्म प्रवेश दिने र अर्कालाई इन्कार गर्नेजस्ता भेदभावपूर्ण र अवरोधजन्य कार्य नगर्नू’, न्यायाधीश क ल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासको आदेशमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment