Comments Add Comment

भारतीय विदेश सचिव सुजातालाई हटाइयो, एस जयशंकर आए

S jaishankar

१५ माघ, काठमाडौं । भारतीय विदेश सचिव सुजाता सिंहलाई हटाइएको छ । उनको स्थानमा अमेरिकाका लागि भारतीय राजदूत रहेको एस जयशंकरलाई ल्याइएको छ ।

सुजाता सिंहको कार्यकाल करिव ६  महिना बाँकी थियो । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेटको नियुक्तिसम्वन्धी समितिको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो ।

सुजाता सिंहलाई हटाएर भारतीय विदेश सचिवमा एस जयशंकरलाई नियुक्त गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment