Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा भारतले दिने एक खर्बमध्ये ५० अर्ब बूढीगण्डकीमा, बायोमेटि्रक लागू नगर्न निर्देशन, ग्यास अभाव कायमै रहेका खबर प्राथमिकताका साथ छापिएका छन् ।
कारोबार दैनिकमा भारतले दिने एक खर्बमध्ये ५० अर्ब बूढीगण्डकीमा, असंगठित क्षेत्र पनि सञ्चय कोषको दायरामा, पर्यटनसम्बद्ध संस्था भ्रष्ट्र रहेको अख्तियारको भनाई, एप्पलको नाफा १८ अर्ब डलर, सार्क भित्र ७० सेवा ब्यापार खुला गर्ने प्रतिबद्धता लगायतका खबर छन् ।
नागरिक दैनिकमा निरौलाले भ्रष्टाचार गरेकै हुन्ः अख्तियार, बायोमेटि्रक तत्काल नगर्नु, भृकुटीमण्डपको इन्फोटेकमा अफरै अफरको लहर, दोषी झौ प्रचार नगर्न ब्यवसायीको आग्रह, माथिल्लो त्रिशूली थ्री ए ७५ प्रतिशत सकियो, जलविद्युतमा वैदेशिक लगानी जरुरी लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा होटेलमा छः घरमा छैन ग्यास, अब बिक्री आलोपालोमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना परिमार्जन गर्ने तयारी, १० दिनभित्र ग्यास सहज गर्न सरकारको निर्देशन, शंकाको भरमा दोषी नबनाउन ब्यापारीको माग, दक्षिण कोरियिामा नेपालले पूर्वाधार क्षेत्रमा पनि कामदार पठाउने लगायतका खबर छन् ।
अभियान दैनिकमा सुपारीको चोरीनिकासीमा त्रिपक्षीय सञ्जाल, दूरसञ्चार पूर्वाधारको अब साझा प्रयोग, जलविद्युत विकासको अवरोधक अस्थिर नीति र सरकार, रेष्टुराँमा ‘खाद्य सरसफाइ’को मापदण्ड तोकिँदै, द्रुतमार्ग र सुरुङमार्ग परिपूरक लगायतका खबर छन् ।
आर्थिक दैनिकमा १४ मध्ये १३ जलविद्युत आयोजनाका लाइसेन्सको म्याद थप्न मन्त्रीपरिषदमा प्रस्ताव, निर्यातजन्य उद्योगलाई हतात्साही बनाउने कार्यप्रति लेखा समितिको चासो, हेटौंडा-काठमाडौ सुरुङमार्ग निर्माण सम्झौता खारेज हुनसक्ने, गण्डकी मेडिकल कलेजद्वारा ठगी लगायतका खबर छन् ।

1-karobar

2-nagarik

3-aannpurna

4-aviyan

5-arthik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment