Comments Add Comment

आइफोन ६ ले एप्पलको भाग्य चम्कियो, अहिलेसम्मकै उच्च नाफा

Germany Apple iPad
एजेन्सी । आइफोन ६ र सिक्स प्लस सार्वजनिकसँगै अमेरिकी मोबाइल उत्पादक कम्पनी एप्पलले ऐतिहासिक नाफा आर्जन गरेको छ ।  पछिल्लो तीन महिनामा एप्पलले १८ अर्ब अमेरिकी डलर खुद नाफा आर्जन गरेको छ । यो नाफा एप्पलको इतिहासमै सवैभन्दा बढि हो ।

एप्पलले सेप्टेम्बर महिनामा ठूलो स्क्रिनका आइफोन ६ र सिक्स प्लस सार्वजनिक गरेको थियो । अक्टोबरदेखि डिसेम्बरसम्ममा सात करोड ४५ लाख आइफोन बिक्रि गर्न सफल भएको छ ।

आइफोनको बिक्रि नाटकीयरुपमा बढेकै कारण कम्पनीले यतिधेरै नाफा कमाउन सकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कुकले जानकारी दिए । उनले आगामी अपि्रल महिनामा एप्पल वाचको नयाँ भर्सनसमेत सार्वजनिक हुने जानकारी दिए ।

ठूलो साइजका स्क्रि नमा फोन उत्पादन गरेसँगै बिश्वभर आइफोनप्रति उपभोक्ताको आर्कषण बढेको छ । आइफोन सिक्स प्लसको अपत्यारिलो मागका कारण एप्पलले आइफोन ६ को उत्पादन कटौती गर्दै सम्पूर्ण ध्यान सिक्स प्लसमा केन्द्रीत गरेको छ ।

पछिल्लो समयमा चीनमा समेत आइफोनको माग नाटकीयरुपमा बढिरहेको छ । यसअघि ठूलो स्त्रिmन साइजका मोबाइलमा सामसुङको प्रभुत्व रहेकामा सिक्स प्लस सार्वजनिकसँगै एप्पलले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment