Comments Add Comment

‘ट्रिपल एक्स’ फिल्म बनाउँदै एकता कपुर, इमरान मुख्य भूमिकामा

ekta-kapoor
मुम्बई । सामान्यतयाः फिल्मी भाषामा ट्रीपल एक्स भन्नाले अश्लिल फिल्मलाई जनाउँछ । डर्टी पिक्चर बनाएर चर्चामा आएकी निर्माता एकता कपुरले पनि ट्रिपल एक्स फिल्म बनाउँदैछिन् ।

तर, एकताले बनाउन लागेको फिल्मको नाम अश्लिल भएपनि फिल्म भने मुलधारकै हुनेछ । यो फिल्मको निर्देशन ‘कहानी’ फिल्मका निर्देशक सुजय घोषले गर्नेछन् ।
ट्रीपल एक्स एक क्रिकेटरको जीवनकथामा आधारित फिल्म हो । कुनै बेला भारतीय क्रिकेट टीमका कप्तान रहेका मोहम्मद अजहरुद्दीनको जीवनमाथि यो फिल्म बन्न लागेको एकताले बताइन ।

यसअघि उनले प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवन माथी ‘डर्टी पिक्चर’ बनाएकी छिन् ।

कुनै पनि ब्यक्तित्वका विषयमा फिल्म बनाउँदा निकै सावधानी अपनाउन पर्ने उनको भनाई छ । ‘डर्टी पिक्चर’ बनाउँदा पनि केही विवाद आएको बताउँदै उनले आगामी दिनमा विवाद नआउने गरी काम गर्ने बताएकी छिन् ।

मोहम्मद अजहरुद्दीन भारतीय क्रिकेट टिमका कप्तान थिए । सन् २००० मा उनको नाममा म्याच फिक्सिङको आरोप लागेको थियो भने उनलाई क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको थियो ।

‘म एक लिजेण्डमाथि फिल्म बनाउँदै छु, हिरो हो या भिलेन पछि मात्रै थाह हुन्छ ।’ एकताले भनिन् । फिल्ममा इमरान हाशमीले अजहरुद्दीनको भुमिकामा निर्वाह गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment