Comments Add Comment

सैफकी बहिनीको बिहेमा कलाकारको ड्रेस भिडन्त

saif-karina
बिबाह जीबनको महत्वपूर्ण अध्याय मध्ये एक मानिन्छ । प्राय जोडीहरुले बिबाह सम्पन्न भईसेपछि आफन्त, साथीभाई र छिमेकीलाई भोज खुवाउने चलन छ । बलिउडमा यसरि दिने पार्टीलाई रिसेप्सन पार्टी भन्ने चलन छ ।

त्यस्ता रिसेप्सन पार्टी केबल रमाइलोमा मात्रै सिमित हुँदैन । कतिपयले पुराना इष्टमित्र भेटघाटको अवसर पाउँछन् । अभिनेत्री सोहा अलि खान र अभिनेता कुनाल खेमुको रिसेप्सन पार्टी पनि त्यस्तै भयो । रिसेप्सन पार्टीमा कसले कस्तो पोशाक लगाएको थियो ‘टाईम्स अफ इण्डिया’ ले बनाएको रिपोर्ट यस्तो छ ।

शीरमा शीरबन्दी, गलामा माला र खैरो रंगको ब्लाउज लगाएकी सोहा अलि खानले सुन्तला रंगको लेहंगा लगाएकी थिईन् । उनका श्रीमान कुनाल खेमु ज्वारीकोट, कमिज र सुरुवालमा कार्यक्रममा सहभागी थिए ।

सोहाका दाजु शेफ अलि खान र भाउजु करिना कपुर सभ्य र आकर्षक देखिने अभियानमा थिए । करिना लेहंगामा उपस्थित थिईन्, भेन सेफ ज्वारीकोट, कुर्था र पाईजामामा । सेफकी आमा शर्मिला टेगौर साडी र ब्लाउजमा कार्यक्रममा उपस्थित भएकी थिईन् ।

karina

करिनाकी आमा हरियो लेहंगामा
करिश्मा र करिनाको आमा बबिता पनि कार्यक्रममा सहभागी थिईन् हरियो रंगको लेहंगामा । दुई छोरी करिना र करिष्माको विचमा बसेर फोटोग्राफरलाई पोज दिएकी थिईन् उनले ।

सेतोमा पँहेलो बुट्टा भरेको लेहंगामा उपस्थित भएकी थिइन् । मोडल एवं अभिनेत्री मलाईका अरोरा । उनकी बहिनी अमृता भने रातो रंगको लेहंगामा उपस्थित थिईन् ।

सलमान खानकी बहिनी अर्पिता खानको गेटअपले पनि नयाँ बेहुलीको झल्को दिन्थ्यो । उनि पनि रातो पँहेलो लेहंगामै थिईन् ।

निर्देशक करण जौहर शेरवानीमा उपस्थित भएका थिए भने अभिनेत्री नेहा धुपिया भण्टा रंगमा सेतो बुट्टा भएको लेहंगामै प्रस्तुत भएकी थिईन् ।

७० को दशकको हिरोइनको गेटअप
रातो ब्लाउज र सेतो साडीमो उपस्थित भएकी कंगना राणाबत ७० दशकको हिरोइनको गेटअपमा उपस्थित भएकी थिईन् । अभिनेता अरशद आरसी झोलाको सानो पोको सहित कार्यक्रममा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment