Comments Add Comment

प्रभु बैंकले ग्राण्ड बैंक र नेपाल बिकाश बैंक खरिद गर्दै

prabhu and grand bank

पुष्प दुलाल

१५ माघ, काठमाडौं । खराव कर्जाका कारण राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारबाही भोगेको क बर्गको ग्राण्ड बैंकलाई प्रभु बैंकले खरिद (एक्वायर) गर्ने भएको छ ।
प्रभु र ग्राण्ड बैंकबीच बिहीबार साँझ एक्वीजीसन सम्बन्धि सैद्धान्तिक सहमतिमा हस्ताक्षर हुँदैछ । राष्ट्र बैंकले संस्था एक्वीजिसनसम्बन्धी नीति लागू गरेपछि यो पहिलो एक्विजिसन हो ।
प्रभु र नेपाल विकास बैंकबीच भने यसअघि नै एक्वीजीसन गर्ने सहमति भएको थियो । तीनदिन अघि मात्रै दुबै संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त आवेदन दिएका छन ।
ग्राण्ड बैंकको २ करोड कित्ता सेयर प्रतिसेयर ६७ रुपैयाँका दरले प्रभुले किन्ने सहमति भएको प्रभुसम्मद्ध स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
यसअघि प्रभू विकास बैंक, किष्ट बैंक, गाैरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकअापसमा गाभिएर भदाै ३० गतेदेखि प्रभू बैंकको नाममा एकीकृत कारोबार गरिएको थियो । ( यो पनि पढ्नुहोस्- किष्टको विलय, प्रभू बैंककाे नाममा एकीकृत कारोबार सुरु )

किष्टले प्रवाह गरेको खराव कर्जा उठाउन सफल भएपछि प्रभु आक्रामक ढंगले एक्विजिसनमा लागेको हो । मर्जपश्चात तत्कालीन किष्टको एक अर्ब रूपैयाँभन्दा बढी खराब कर्जा प्रभू बैंकले उठाएको छ । (यो पनि पढ्नुहोस- कमल ज्ञवालीबाट प्रभुले बैंकले उठायो २३ करोड ऋण )

किन बेच्दैछन ग्रान्ड ?
खराब कर्जाको मात्रा बढेपछि ६ महिनायता ग्रान्ड बैंक समस्यामा छ । गत भदौमा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेपनि अहिलेसम्म बैंकको अवस्थामा कुनै सुधार आएको छैन ।
बैंक सुधार गर्न नसकेपछि प्रमुख कार्यकारी अधिकृ पर्शुराम कुँवर क्षेत्री र डेपुटी प्रमुख कार्यकारी अधिकृत बिजय पन्तले गत कात्तिक ३० गते बैंक छोडेका थिए ।
त्यसयता बैंक अझ संकटमा परेको छ । त्यसैले समस्याबाट बाहिर निस्कन मर्जर वा एक्विजीसनमा जानुपर्ने निष्कर्श निकाल्दै ग्रान्डका लगानीकर्ताहरु  जनता बैंकसँग मर्ज प्रकृया अगाडी बढाएका थिए । तर, जनतासँग मर्ज प्रकृया  अगाडी नबढेपछि प्रभुले स्वामित्व लिन लागेको हो ।

यस्तो छ ग्रान्डको वित्तीय अवस्था

आर्थिक वर्ष २०७०/०७१ मा बैंक प्रोभिजनिङका कारण १ अर्ब ६० करोड रुपैयाँले घाटामा गएपछि राष्ट्र बैंकले गत भदौमा शीघ्र सुधारात्मक कारवाही गरेको थियो ।
राष्ट्र बैंकले ग्राण्डलाई तीन महिनामा सुध्रिन भनेको थियो । २०६९/०७० मा ३.५२ प्रतिशत रहेको खराब कर्जा आव २०७०/०७१ मा १९.०९ प्रतिशत पुगेको थियो ।
अघिल्लो वर्ष २७ करोड ८७ लाख रुपैयाँ संभावित जोखिम व्यवस्थाका लागि छुट्याएको बैंकले गत वर्ष १ अर्ब ९३ करोड रुपैयाँ प्रोभिजनिङ गरेको थियो ।
गत असोज मसान्तमा पनि बैंक २८ करोड ६ लाख रुपैयाँले घाटामा छ ।
असार मसान्तमा बैंकले २१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा बैंकले घरजग्गा क्षेत्रमा २ अर्ब ६४ करोड रुपैयाँ कर्जा विस्तार गरेको थियो ।
नेपाल विकास बैंक
दिपेन्द्रबहादुर क्षेत्री गभर्नर हुँदा खारेजीमा लगिएको नेपाल विकास बैंक पनि प्रभुले किन्ने भएको हो । प्रतिकित्ता ३० रुपैयाँ अकिंत दरले ३० लाख कित्ता सेयर ९ करोडमा किन्ने सम्झौता भइसकेको स्रोतले जानकारी दियो ।
दुई संस्थाबीच सैद्दान्तिक सहमति भएर स्वीकृतिका लागि आइतबार नै राष्ट्र बैंक पठाइसकेको स्रोतले जानकारी दियो । उक्त बैंकमा भारतको पूर्वाधार विकास बैंकको समेत सेयर लगानी छ । प्रभुले एक्वायर गरेसँगै भारतीय बैंक प्रभुको संयुक्त साझेदार लगानीकर्ताको रुपमा रहने बताइएको छ ।
सेयर लिनेलाई भने नेपाल विकास बैंकको ६ कित्ता बराबर प्रभु बैंकको एक कित्ता दिने सम्झौता भएको छ । ‘राष्ट्र बैंकबाट स्वीकृति पाउनेवित्तिकै प्रक्रिया अघि बढ्छ’ स्रोतले भन्यो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment