Comments Add Comment

हिन्दी गीतमा संगीत भर्न अर्जुन मुम्बईतर्फ

arjun-pokheralनेपाली चलचित्रमा अहिले संगीतकार अर्जुन पोख्रेल सफल गीतका साथ अगाडि बढिरहेका छन् । चलचित्रका गीतदेखि आधुनिक गीतमा अर्जुनको व्यस्तता खुबै बढेको छ ।

नेपाली चलचित्रका चर्चित चलचित्रकर्मी छविराज ओझा, सुदर्शन थापा, भानु महर्जन, ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराइ, सुशिल पोख्रेलसँग अहिले अर्जुन काम गरिरहेका छन् ।

चलचित्र र आधुनिक गीतमा सफलता पाएसँगै अर्जुन हिन्दी गीतमा पाइला राख्दैछन् ।

आज १० दिनका लागि मुम्बइ उडेका अर्जुनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘ म मुम्बइमा प्राविधीक ज्ञान हासिल गर्न जान लागेको हुँ ।

गीत मिक्सिङदेखि अन्य विभिन्न प्राविधीक ज्ञान हासिल गर्दा अझ यसले फाइदा पुग्ला भन्ने विश्वास छ ।’

मुम्बइमा रहँदा उनले भारतका चर्चित गायकहरुसँग काम पनि गर्नेछन् । अहिलेका चल्तीका गायकहरु अर्जित सिंह, मिका सिंह, आथिफ अस्लमसँग उनले सहकार्य गर्न लागेका हुन् । यी चर्चित गायकको आवाजमा गीत रेकडिङ गर्ने तयारी अर्जुनको छ ।

अर्जुनले भारतबाट नै सार्वजनिक हुने एक हिन्दी गीतमा पनि संगीत भर्नेछन् । ‘क्या कुछ नहि होता प्यारमे सनम, कौन यार नही रोहता प्यारमे सनम’ बोलको गीत रेकर्ड गर्ने अर्जुनले जानकारी दिए । करिअरमा नयाँ खुड्किलो चढ्न लागेको बताउँदै अर्जुनले यसले आफूलाई फाइदा पुग्ने विश्वास गरे ।

‘सुन्छु तिमीले मलाई, सररर बेग मारी बेनिको बश आयो, तिमीलाई हेरी हेरी’ लगायतका दर्जनौ सफल गीत बजारमा दिइसकेका अर्जुन यतिबेलाका व्यस्त संगीतकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment