Comments Add Comment

पशुपति शर्माको स्वर अब फिल्ममा पनि

pasupati
मलाई अमेरिका यहीँ, मलाई बेलायत नि यहीँ लगायत दर्जनौ चर्चित गीत गाएका चर्चित लोक गायक पशुपति शर्माको आवाज अब फिल्ममा पनि सुन्न पाइने छ ।

लोकगीतवाट समाज परिवर्तनको कुरा गर्ने पशुपति स्वदेशदेखी विदेशसम्म हिट छन् । जति नै चर्चित भए पनि यी गायकको स्वर सिनेमा हलको पर्दामा भने सुनिएको छैन ।

निर्माता केशव भट्टराई र निर्देशक निर्मल शर्मा अब पशुपतिको स्वरलाई स्टेजमा मात्रै नभएर सुविधा सम्पन्न सिनेमा हलमा बिस्तार गर्ने योजनामा छन् ।

केशब भट्टराईको लगानी र निर्मल शर्मा ‘गैडा’ को निर्देशनमा बन्ने चलचित्र ‘ब्रासलेट’ मा पशुपति शर्माको स्वर रहने भएको छ ।

‘लोक गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि पुशपति शर्मा लोकप्रिय कलाकार हुन्, हामी उनको लोकप्रियतालाई चलचित्रमा प्रयोग गर्न चाहन्छौं ।’ निर्देशक निर्मल शर्माले अनलाईनखबरसंग कुरा गर्दै भने ।

यसअघि चकलेट निर्देशन गरेका शर्माको ‘ब्रासलेट’ महत्वकांक्षी फिल्म हो । सिनेमामा गायनको यात्रालाइ सकारात्मक रुपमा लिएका शर्माले सिनेमाका दर्शकलाइ सन्तुष्ट बनाउने दाबी गरे । यो फिल्ममा उनलाई टिका पुनले पनि साथ दिने भएकी छिन् । निर्माता भट्टराइले यस अघि ‘शो सिम्पल’ बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment