Comments Add Comment

बेल्जियमका पहिचान पक्षधरले बुझाए दूतावासलार्इ ज्ञापनपत्र

Belgium-1बीरमान घर्तिमगर / जीत लामा

ब्रसेल्स । बेल्जियमका पहिचान पक्षधर नेपालीहरूको विभिन्न संगठनले बहुमतीय प्रकृयालाई खारेज गरी सहमतीय प्रणालीबाट संविधान जारी गर्न माग गरेका छन् । पहिचान पक्षधरहरुका १० वटा संगठनहरुले सहमति कायम गर्न माग गर्दै बुधवार संयुक्त रुपमा नेपाली दूतावास वेल्जियममा ज्ञापनपत्र बुझाएका हुन् ।

नेपालको राजनैतिक सन्दर्भ संक्षेपमा हेर्दा विगतका महान जनसंघर्षहरुका जगमा पहिलो संबिधानसभा मार्फत नेपालमा धर्मनिरपेक्षता र गणतन्त्रको प्रादुर्भाव हुनको साथै संघीयता, समाबेशी समानुपातिकता जस्ता प्राप्त ऐतिहासिक उपलव्धीहरु समेत संस्थागत हुन नपाउदै पहिलो संबिधानसभाको दुःखद अवसान पश्चात दोस्रो संविधानसभाको निर्वाचन गरिएको स्मरण गराउँदै उनीहरूले सहमतिमा जोड दिएका छन् ।

१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, मधेसी तथा आदिवासी जनजाती समक्ष भएका बिबिध सहमति मार्फत लिखित अन्तरिम संविधानकै भावना र मर्म बिपरित बहुमतीय प्रक्रियामा जान खोजिएको उनीहरूको भनार्इ छ ।

सबै वर्ग, सुमुदाय, सांस्कृति, भाषा, लिङ्गका  तह तप्काले अपनत्व महशुश गर्ने पहिचानसहितको संघीयता शसक्त र सापेक्षस्थिर केन्द्र सरकारको प्रत्याभूति दिन प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख रहने शासकीय स्वरुप र  समानुपातिक निर्वाचन प्रणाली तथा संबैधानिक अदालत सहितको जनताको सार्वभौमिता प्रस्तुत हुने न्याय प्रणाली जस्ता विषयहरु समावेश गरि सहमतीबाट नै नयाँ संबिधान जारी गर्नुपर्ने उनीहरूको माग छ ।

बहुमतीय प्रक्रियालाई तत्काल खारेज गरी सहमतीय प्रणालीमा जानको लागि प्रवासी नेपालीहरुको तर्फबाट जोडदार माग गर्दछाैं, ज्ञापनपत्रमा उल्लेख छ ।

Belgium-2ज्ञापनपत्र बुझाउन बेल्जियमका नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष चित्र सुवेदी, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका अध्यक्ष कृष्ण तिवारी ,  नेपाली आदिवासी जनजाति महासंघ अध्यक्ष पीजी शेर्पा ,  संघीय समाजवादी पार्टी नेपाल अध्यक्ष नेत्र मगर, मगर राष्ट्रिय मुक्ति मोर्चा युरोपका संयोजक वीरमान घर्तिमगर, तमु राष्ट्रिय मुक्ति मोर्चा युरोपका संयोजक गमबहादुर गुरुङ्, प्रगतिशील महिला मंच बेल्जियम अध्यक्ष निर्मला वजगाईँ, नेपाली जनजाति सरोकार मंच वेल्जियम संयोजक मनिष गुरुङ्, विश्वमगर संघ वेल्जियम अध्यक्ष मार्के मगर,  शेर्पा समाज वेल्जियम अध्यक्ष सोनाम शेर्पा लगायत लगायतका संगठनका प्रतिनिधिहरू दूतावास पुगेका थिए ।

ज्ञापन पत्र नेपाली जनप्रगतिशील मंचका अध्यक्ष चित्र सुवेदीले पढेर वेनलक्सका राजदूत राममणी पोख्रेललाई हस्तान्तर गरेका थिए । राजदूत पोख्रेलले  ज्ञापन पत्र बुझ्दै कुटनैतिक ढंगले नेपाल सरकार समक्ष पठाउने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment